सुकुना माध्यमिक विद्यालयद्वारा २४ जना शिक्षकहरूलाई ल्यापटप वितरण
- १० आश्विन २०७८, आईतवार
सिकाइलाई प्रविधियुक्त र प्रभावकारी वनाउने उद्देश्यले मोरङ सुन्दरहरैँचा नगरपालिका १० मा अबस्थित सुकुना माध्यमिक विद्यालयले २४ जना शिक्षकहरूलाई ल्यापटप वितरण गरेको छ ।
विद्यालयले पहिलो चरणमा २४ जना शिक्षकहरूलाई एक एक वटा ल्यापटप वितरण गरेको हो । आर्थिक बर्ष २०७७/०७८ को नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गतको १९ लाख ८० हजार बराबरका ल्यापटप बितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयले मापदण्ड बनाएर शिक्षकहरूसँग करार सम्झौता समेत गरी ल्यापटप बाँडेको हो ।
विद्यालयलाई डिजिटलमैत्री बनाउन शिक्षकहरूलाई पहिलो चरणमा २४ थान ल्यापटप बितरण गरिएको र निकट भविष्यमै थप २४ जना शिक्षकलाई ल्यापटप वितरण गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर नेउपानेले बताए ।
सुन्दरहरैँचा नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव रामप्रसाद ढुङ्गेलले सामुदायिक विद्यालय प्रति अभिभावकहरूको विश्वास घट्न नदिन र पठनपाठनलाइ डिजिटल अर्थात प्रबिधिमैत्री बनाउन विद्यालयको कदम सह्राहनिय रहेकोे बताए ।
सुन्दरहरैँचा नगरपालिका वडा नं १० का अध्यक्ष राजेन्द्र थापाले ल्यापटप बितरणपछि विद्यालयको पठनपाठनमा अझै सुधार हुने बताए ।
यस विद्यालयमा हाल ४ हजार २ सय बिद्यार्थी अध्यायनरत रहेको बिद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए ।