बेलबारी कांग्रेसको अधिवेशनका लागि पौडेल पक्षले टुंग्यायो उम्मेदवार, को को छन् आकांक्षी ?

  • १५ आश्विन २०७८, शुक्रबार

नेपाली कांग्रेस बेलबारीको यहि असोज १६ गते हुने नगर अधिवेशनका लागि रामचन्द्र पौडेल पक्षले उम्मेदवारी घोषणा गरेको छ ।

बिहिबार बेलबारी १ स्थित कांग्रेसको पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरी बिपी  कोइराला पक्षधर वताउने पौडेल पक्षले पदाधिकारीको उम्मेदवारी घोषणा गरेको हो । घोषणा गरिए अनुसार नगर सभापतिमा छत्र लिम्बु,उपसभापतिमा प्रकाश चौधरी र नितु थापा,सचिबमा कुलप्रसाद बराल र सन्तोष भटराई एवम् सहसचिबमा बदी बिष्ट र मनिल मोतेले उम्मेदवारी दिएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिल शर्मा, नगेन्द्र जमर कट्टेल,मानबहादुर लिम्बु, राजकुमार लिम्बु लगायतका नेताहरुको बाक्लो उपस्थिति थियो ।

उम्मेदवारी घोषणा कार्यक्रममा प्रमुख अतिथि डा.सुनिल शर्माले मोरङको क्षेत्र नम्बर ३ मा पार्टीको अर्को पक्षले अन्तरघात गरेका कारण आफुले संघिय संसदको चुनाव हारेको बताए । देउवा पक्षका अन्तरघाती केही नेताहरूको नाम नै लिएर उनले यस निर्वाचन क्षेत्रका पालिकाहरुमा अर्को पक्ष (देउवा पक्ष) अस्तित्वमा भएपनि कोईराला पक्षको जित निश्चित रहेको बताए ।

पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छत्र लिम्बूले आफू नगर सभापति वनेको केही समयमै नगर पार्टीमा कुनै गुट नरहने र आगामी स्थानीय चुनाव कांग्रेसले जित्ने दाबी गरे ।

नगर सभापतिका लागि लड्ने भए लिम्बु र भट्टराई

नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत मोरङको बेलबारीमा यहि असोज १६ गते हुने नगर अधिवेशनमा सभापति र अन्य पदका लागि प्रतिष्पर्धा हुने भएको  छ ।
सभापतिका लागि मुख्यगरी २ जना आकांक्षी  देखिएका छन ।  सभापतिमा हालका नगर सभापति शम्भु भट्टराई र तरुण दल क्षेत्र नम्बर ३ का सभापति छत्र लिम्बु उम्मेदवार भएका छन ।

सभापतिका उम्मेदवार लिम्बु कोईराला पक्ष र भट्टराई देउवा पक्षका उम्मेदवार हुन् । सभापतिमा नगर सचिब राजेश खत्रीले पनि  उम्मेदवार हुन खोजे पनि  कोईराला पक्षधर उम्मेदवार लिम्बुलाई सघाउने प्रतिबद्धता सहित उम्मेदवारी फिर्ता लिएका छन् ।

सभापतिका उम्मेदवार भट्टराईले आफु कुनै पक्ष बिपक्षको भन्दा पनि साझा उम्मेदवारका रुपमा रहेको र आफनो कार्यकालमा सबैलाई मिलाएर अघि बढेका कारण थोरै मतले भएपनि बिजयी बन्ने दाबी गरेका छन् । अर्का उम्मेदवार लिम्बु आफनो जित सुनिश्चित रहेको दाबी गर्दै यस बिषयमा धेरै नबोल्ने बताउँछन ।

यसअघि भएको वडाको निर्बाचनमा धेरजसो वडाबाट कोईराला पक्षका प्रतिनिधिहरु विजयी भएको बताइन्छ । बेलबारीमा नगर क्षेत्रमा  नेता दिलिप गच्छदार र डां. सुनिल शर्मासहित २ सय ३० जना  मतदाता छन्  ।

बेलबारी नगर उपसभापतिमा देउवा प्यानलबाट उपेन्द्र सुवेदी र कोइराला प्यानलबाट नितु थापा र प्रकाश चौधरी आकांक्षी छन्  । यसैगरी सचिबमा कोईराला पक्षका कुलप्रसाद बराल,सन्तोष भट्टराई र देउवा पक्षका जनक पोख्रेल र ज्ञानुराज राई आकांक्षी छन । सहसचिबमा कोइराला प्यानलबाट बदी बिष्ट र मनिल मोते उम्मेदवार  छन् ।