जिल्लाको विकास र समृद्धीका लागि धनकुटेलीले मुख्यमन्त्रीलाई बुझाए १४ बुँदे ज्ञापन
- २५ कार्तिक २०७८, बिहीबार
धनकुटामा प्रदेश नम्वर १ का मुख्य मन्त्री राजेन्द्र राईलाई सत्ता पक्षीय दलका नेताहरुले भव्य स्वागत गर्दै धनकुटाको विकास र समृद्धीका लागि १४ बुदे ध्यानार्कषण पत्र बुझाएका छन् ।
धनकुटामा नाम मात्रको मुख्य मन्त्रीको सम्र्पक कार्यलयलाई काम सहितको अधिकार सम्पन्न बनाउदै समय समयमा मुख्य मन्त्री आएर सम्पर्क कार्यालयबाट काम गर्न आग्रह गर्र्दै यातायत कार्यालयलाई अधिकार सम्पन्न बनाई सवारी दर्ता,सवारी चालक अनुमती पत्रको परिक्षा र लाईसेन्स वितरण तथा नविकरण, शिक्षण अस्पताल स्थापना,धनकुटा अस्पतालमा विशेषज्ञ डाक्टरहरु सहितको स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन, धनकुटाका राष्टिय सहिदहरुको परिवारलाई आर्थिक सहयोग तथा रोजगारको व्यवस्था, धनकुटामा औद्योगिक ग्राम संचालन र उद्योग दर्ता तथा नविकरणका दुई सय गुणा बृद्धी गरिएको शुल्क घटाउन लगायत १४ बुदे माग पत्र सहितको ध्यानार्कषण पत्र गठबन्धनको तर्फबाट मुख्य मन्त्रीको सम्पर्क कार्यालय धनकुटामा बुझाइएको हो ।
सो अवसरमा प्रदेश नम्वर १ का मुख्य मन्त्री राजेन्द्र राईले मुख्य मन्त्रीको सम्पर्क कार्यालयलाई पहिलेको जस्तो निष्क्रिय बन्न नदिने र धनकुटाको विकास र समृद्धीका लागी आफु कटिवद्ध रहने वताए ।
मुख्य मन्त्री राईलाई नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटा र सत्यवती सहकारी संस्थाको तर्फबाट समेत माग पत्र क्रमश महासंघका अध्यक्ष सञ्जय सन्तोषी राई र सहकारीका सचिव कोपिला शंकर लगायतले बुझाएका थिए ।
सो अवसरमा प्रदेश सभाका सदस्यहरु लिला सुब्बा, कुसुम कुमारी श्रेष्ठ, आर सि तुम्बा, संविधान सभा सदस्य अञ्जना ताम्ली, राजकुमार राई, धनकुटा जिल्ला समन्वय समितिका उपप्रमुख बंगला राई, नेताहरु आनन्द सन्तोषी राई, डा.गोपाल भट्टराई,धर्मराज पौडेलले समेतले मुख्य मन्त्री राईलाई स्वागत गर्दै बधाई ज्ञापन गरेका थिए ।
यसैगरी नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगाना,जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष बल वहादुर राई,नेकपा एकिकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राई,राष्टिय जनमोर्चाका अध्यक्ष तुलमान राई,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई ,सदस्यहरु बिष्णु पौडेल, मिन कार्की,माधव भट्टराई, पूर्व जिल्ला सहसचिव राजन पौडेल, पूर्व नगर सभाती रोशन श्रेष्ठ, हिमा चेम्जोङ, मिना राई, नेकपा माओवादी केन्द्रका सल्लाकार तिलक प्रसाद राई,नेकपा एकिकृत समाजवादीको तर्फबाट नेताहरु सुजनभाई जोशी, डिप्लव राई,मनोज राई र जनता समाजवादी धनकुटाका उपाध्यक्ष द्धय पार्वती राई, विकास घिमिरे, सचिव श्रीराम रायमाझी, सहसचिव डम्वर कटुवाल, नेता मनकला लिम्बु, ,नगर अध्यक्ष दिल कुमार राई लगायतको सहभागीता रहेको थियो ।