महालक्ष्मीको आठौं नगरसभा सम्पन्न, पाँच बर्षे कार्यकाल सफल भएको दाबी

  • २९ माघ २०७८, शनिबार

धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ ।

नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा नगरपालिकाकै सभाहलमा सभा सम्पन्न भएको हो । नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ ।
नगरसभामा जनप्रतिनिधिहरुको साँढे ४ बर्षे कार्यकालको समिक्षा पनि गरिएको छ । सो अवसरमा वोल्ने वक्ताहरुले कार्यकाल उपलब्धिमूलक भएको धारणा राखेका छन् ।
कतिपय अवस्थामा बजेट अभावले सोचे अनरुप काम गर्न नसकिएको जनप्रतिनिधिहरुले बताए । तरपनि सिमित स्रोत साधन र बजेटमा उपलब्धिमूलक काम भएको उनीहरुको भनाई छ ।

नगर सभामा सभाध्यक्ष एवं नगर प्रमुख नेपाल र उपप्रमुख मञ्जु अधिकारीले हालसम्म नगरले गरेका मुख्यमुख्य कामहरुको बारेमा जानकारी गराएका छन् । सभामा उप–प्रमुख अधिकारीले मन्तब्यमार्फत नगरसभाका सदस्यहरुलाई स्वागत गरेकी थिइन् ।

२०७ असार १४ गते भएको निर्वाचनबाट महालक्ष्मीमा जनप्रतिनिधिहरु निर्वाचित भएका थिए । सरकारले आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेकाले वर्तमान जनप्रतिनिधिहरुको यो अन्तिम नगर सभा हो ।