एक महिनापछि बल्ल प्रहरीको फन्दामा परे बाबुराम भट्टराईको हत्या गर्ने ब्यक्ति

  • ९ फाल्गुन २०७८, सोमबार

मोरङ केराबारी गाउँपालिका–८ स्थित हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
घटनामा संलग्न केराबारी गाउँपालिका–३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । शव फेला परे लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।
पुस २७ गते देखि बेपत्ता भएका भट्टराइको माघ ९ गते शब फेला परेको थियो । मंसिर २८ गते आपसी वादविवादको रिसमा लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको प्रहरीले बताएको छ । हत्याको घटनालाई ढाकछोप गर्न लिम्बूले भट्टराईको शब खाल्डो खनेर गाडेको पत्ता लागेपछि लिम्बुलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।