तीन संस्थाको आयोजनामा केराबारीमा रक्तदान, १ सय ९ प्रिन्ट रगत संकलन

  • १३ फाल्गुन २०७८, शुक्रबार

सामुदायिक साकोस केराबारी, खदम हिल साकोस केराबारी तथा मोरङ्ग सुनसरी सेवा समाज नेपालको आयोजनामा फागुन १२ गते केराबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षा दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा धरानको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमबाट १ सय ९ पिन्ट रगत संकलन भएको संयुक्त रक्तदान आयोजक समिति संयोजक गोकुल बहादुर थापाले जानकारी दिए ।

केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष शान्ति भुजेल, केराबारी न ८ का वडा अध्यक्ष मनोज खड्का , वडा नम्बर १० का वडाध्यक्ष खबास लगायतको आतिथ्यतामा भएको रक्तदान कार्यक्रमका लागि केराबारी पोल्ट्री फर्मले जिन्सी सहयोग गरेको थियो ।