मोरङ सुन्दरहरैँचामा छोरीहरुले गरे आमाको काजकिरीया
- १९ फाल्गुन २०७८, बिहीबार
मोरङको सुन्दरहरैँचा ४ का तीनजना छोरीहरू आमाको काजकिरियामा बसेका छन ।
हिन्दु धर्म संस्कार अनुसार छोराले मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै दिपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल) काजकिरियामा बसेका हुन् ।
ती दिदिबहिनीहरुले कोराभित्र किरिया बसेर आमालाई दागबत्ती दिने काम समेत गरेका छन् । अविवाहित दिपा र सुनिता तथा विवाहित सपनाले सामाजिक रिति अनुसारकै संस्कार अपनाएर काजकिरिया गरिरहेका छन् ।
आमा मनमाया ढकाल खतिवडाको ५५ बर्षको उमेरमा असामयिक निधन भएपछि दिदिबहिनी किरिया बसेका छन् ।
‘सामाजिक विभेद स्विकार्दैनौ’
आफुहरु तीन छोरी मात्र रहेको र धर्ममा महिलालाइ किरिया बस्न रोक नलगाइएकोले मृतक आमालाई दागबत्ती दिइ काज किरिया गरेको दिपा बताउँछिन् ।
लिङ्गको आधारमा छोरा र छोरिहरुले पनि आफुलाइ जन्मदिने बुवाआमाको रेखदेखका साथै मृत्युपछि गरिने संस्कारमा सहभागी हुन सक्छन भने उदाहरणको रुपमा आफुहरु किरिया बसेको सुनिता बताउँछिन् । परम्परागत सामाजिक बिभेद आफुहरुलाइ स्विकार्य नभएको उनी बताउछिन् ।
दिदीबहिनीको साहस देख्दा आमाको किरिया गर्न विवाहित भएकाले नपाएको तर आफ्ना दिदीबहिनीको कदमबाट आफू गौरवान्वित भएको सपनाले बताइन्





