धनकुटामा एमाले इतर गठबन्धन मजबुत बनाउन जिल्लास्तरीय कार्यदल गठन

  • २२ चैत्र २०७८, मंगलवार

स्थानीय तहको निर्वाचनमा गठबन्धन मजबुत बनाउन धनकुटामा नेकपा एमाले वाहेकका दलहरुको जिल्ला स्तरीय कार्यदल गठन गरिएको छ ।
धनकुटा जिल्लाबाट केन्द्रिय स्तरमा प्रतिनिधित्व गर्ने सत्तारुढ दलका नेताहरुको उपस्थितिमा भएको बैठकले कार्यदल गठन भएको हो ।

भेलाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नका लागी एमाले वाहेका दलहरु विच छलफल र बार्ता गरी उम्मेदवारहरुको खाका तयार गर्न नेपाली कांग्रेस धनकुटका जिल्ला सभापती दिनेश राई,नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक डिल्लीराम राई,नेकपा एकिकृत समााजवादी धनकुटका जिल्ला अध्यक्ष अर्जुन राई,जनता समाजवादी पार्टीका अध्यक्ष बल वहादुर राई रहेको जिल्ला स्तरीय कार्य दल गठन गरेको हो ।

कार्यदलले आवाश्यक्ता अनुसार अन्य समितिहरु पनि बनाउने समेत निर्णय भएको छ । भेलामा जनता समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री रकम चेम्जोङ, नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य पूर्व मन्त्री सुनिल वहादुर थापा, नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य हेमराज भण्डारी र धन माया खनाल,नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य धर्मराज पौडेल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटिका सहसचिव ऋषिराम ढुंगाना, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य राज कुमार राई,नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य बंगला देवी राई,नेपाली कांग्रेस धनकुटका सभापती दिनेश राई,सचिव विजय सन्तोषी राई,मदन घिमिरे,नेकपा माओवादी केन्द्र धनकुटका जिल्ला संयोजक डिल्लीराम राई,नेकपा एकिकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राई,सचिव खगेन्द्र सुवेदी,जनता समाजवादी पाटी धनकुटका अध्यक्ष बल वहादुर राई,सचिव श्रीराम रायमाझी लगायतको उपस्थिति थियो ।