धनकुटामा पालिका र वडाहरुको सिट बाँडफाँड गर्दै गठबन्धन आबद्ध दलहरु

  • ३ बैशाख २०७९, शनिबार

सत्तारुढ दलहरुविच गठबन्धन गरी निर्वाचनमा जाने निर्णयसंर्गै धनकुटामा गठबन्धनको पक्षमा चुनावी माहोल बढेर गएको छ ।

धनकुटाका सातवटै पालिका र ६० वटै वडाहरुमा सत्तारुढ दलहरुबीच गठबन्धन गरी चुनावमा जाने सहमति भएसँगै सत्ता गठबन्धनमा आवद्ध दलहरु पालिका र वडाहरुको सिट बाँडफाँडमा व्यस्त भएका छन् ।
हाल गठबन्धन आवद्द दलहरू कुन स्थानीय तहमा र वडामा कुन दलले कति सिट पाउने भन्नेबारे छलफल गरिरहेका छन् । स्थानीय तहमा सिट बाँडफाँड गरी निर्वाचनमा गएर सबै पालिकाहरु गठबन्धनले जित्ने नेकपा माओवादी केन्द्रका एक नेताले दाबी गरे ।

धनकुटामा एमालेको ज्याजती र अनियमिता अनी अधिनायकबाटी शैलीको विरुद्ध गठबन्धन भएको वताउदै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले सहअस्तित्वको आधारमा सत्ता पक्षीय दलहरुविच गठबन्धन गरी एमालेलाई धनकुटामा सवै पालिकाहरुमा परास्त गर्ने वताए ।

यसैबीच नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाका सल्लाहकार तथा महासमिति सदस्यहरुले पनि गठबन्धनकै पक्षमा सुझाव दिएका छन् ।

नेपाली कांग्रेस धनकुटा सभापति दिनेश राईको सभापतित्वमा भएको सल्लाहकारहरुसंगको छलफल कार्यक्रममा कांग्रेस धनकुटाका सल्लाहकारहरु प्रदेश सांसद लिला सुब्बा,नारायण रिजाल,शमसेर गोङ्वा लगायतका सल्लाहकार तथा महासमिति सदस्य सिता प्रधान, जिल्ला सदस्यहरु रेणु श्रेष्ठ, निरुपा राई लगायतले धनकुटा जिल्लाको सात पालिका र ६० वटै वडाहरुमा गठबन्धन गरी निर्वाचनमा गएर जित्नु पर्ने सुझाव दिएका हुन् ।