निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर उत्तरी मोरङमा बालिकामाथि बलात्कार

  • २७ श्रावण २०७९, शुक्रबार

निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर मोरङ बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले पथरीशनिश्चरे की १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको छ ।

ललाई फकाई बेलबारीको सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर सन्तोषले बालिकालाई बलात्कार प्रहरीले जनाएको छ । सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बलात्कारमा परेपछि वालिका आफैं प्रहरीकोमा पुगेकी थिइन् । बलात्कार गर्ने नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सोमबार राति घरैबाट पक्राउ गरेको छ ।

निजविरुद्ध जबरजस्ती करणी मुद्दाका लागि बुधबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।