नोबेलमा थपिए १ सय ५९ विद्यार्थी, स्वागत तथा ‘ह्वाइट कोट सेरमोनी’ कार्यक्रम सम्पन्न

  • २१ भाद्र २०७९, मंगलवार

नोबेल मेडिकल कलेज बिराटनगरमा एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी संकायमा गरी १ सय ५९ विद्यार्थी भर्ना भएका छन् ।

नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुक भारतवाट पनि विद्यार्थीहरु अध्ययनका लागि आएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

अध्ययनका लागि नोबेल मेडिकल कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कलेजले एक कार्यक्रम गरी स्वागत गरेको छ । एक भब्य कार्यक्रम आयोजना गरेर कलेजले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी संकायका विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

    कार्यक्रममा नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा. रामहरी घिमिरे, सहायक प्राचार्य प्रा.डा. रितु शर्मा बराल, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा. निरञ्जन कुमार, जेनेरल मेनेजर रुद्र प्रसाद शर्मा लगायतले विद्यार्थीहरुलाई अविर लगाएर कलेजमा स्वागत गरे ।

सो अवसरमा कलेजको तर्फबाट सबै नयाँ विद्यार्थीहरुलाई सेतो कोर्ट पहिराएर ‘ह्वाइट कोट सेरमोनी’ पनि गरिएको । कार्यक्रममा विद्यार्थीले पालना गर्नुपर्ने  नियम र अनुशासनबारे पनि जानकारी  गराइएको थियो ।
सो अवसरमा प्राचार्य प्रा.डा. घिमिरे,  कलेजका अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा. कुमार र जेनेरल मेनेजर रुद्रप्रसाद शर्माले विद्यार्थीहरुलाई राम्रो मेहनत गरी अध्ययन गर्न सुझाव दिएका थिए ।

नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।