मोरङ ३ मा सुनिल शर्मा, रेखा थापा र भानुभक्त ढकालबिच हुनेभो चुनावी भिडन्त

  • २२ भाद्र २०७९, बुधबार

मंसिर ४ गते घोषित निर्वाचनमा यसपटक मोरङ ३ मा रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

संघीय चुनावका लागि चर्चित र केन्द्रिय स्तरमा प्रभुत्व जमाएका तीन उम्मेदवार यस क्षेत्रबाट उम्मेदवार हुने भएपछि यस क्षेत्रको चुनाव थप रोमाञ्चक हुने भएको हो ।

संघिय चुनावका लागि कांग्रेसबाट सुनिल शर्मा, एमालेबाट पुर्बमन्त्री समेत रहेका भानुभक्त ढकाल र चर्चित नायिका एवम राप्रपा पार्टीकी नेत्री रेखा थापा समेत मोरङ ३ बाट निर्वाचनमा उठ्ने भएपछि अन्यत्रभन्दा बढी चासो र चर्चा बढेको छ ।

सुनिल शर्मा पहिलेदेखि नै यसै क्षेत्रमा सक्रिय भएपनि ढकाल र थापाले पनि सक्रियता देखाउन थालेका छन् । यसअघिको संघीय निर्वाचनमा शर्मा र ढकालले प्रतिस्पर्धा गरेका थिए । जसमा ढकाल अपेक्षित झिनो मतले बिजयी भएका थिए ।

कोरोनाग्रस्त अबस्थामा स्वास्थ्य मन्त्री छँदा औषधि खरिदमा करोडौं घोटाला गरेको भनी बिवादित ढकाल चुनाव अघि गरेका प्रतिबद्धता अनुसार काम नगरेका कारण आलोचित पनि छन् । शर्मा गत चुनावयता निरन्तर जनताको सेवामा कृयाशिल रहेको र यसपटक गठबन्धन पनि हुने भएकोले ढकालभन्दा शर्मालाई जित्न सजिलो हुने ठानिएको छ । तर रेखा थापाको इन्ट्रीका कारण चुनाव रोमाञ्चक हुने ठानिएको छ ।