देवीझोडा सामुदायिक वनमा गोविन्द बस्नेतको नेतृत्व, नयाँ समिति गठन

  • २६ भाद्र २०७९, आईतवार

मोरङ केराबारी ९ स्थित देवीझाेडा सामुदायिक वन उपभोक्ता समुहको २३ औं साधारणसभाले गोबिन्द बस्नेतको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

शुक्रबार र शनिबार भएको साधारण सभाले समिति चयन गरेको हो । नवगठित समितिमा रत्ना राइ उपाध्यक्ष, समिर सोदेम्बा सचिव, बिमल बिष्ट सह सचिव र आशा लिम्बु कोषाध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रविन बजगाइँ, शुकमाया लिम्बू र राजकुमार राइ चयन भएका छन् ।

त्यसैगरी लेखा समितिमा अभिषेक राइ संयोजक तथा निशा तामाङ सदस्यमा निर्बिरोध निर्वाचित भएका छन् भने सदस्यमा निर्वाचनबाट अम्बर बहादुर खड्का निर्वाचित भएका छन् ।

शुक्रबार अधिकांश पदमा पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएपनि अध्यक्ष, सह सचिब र लेखा समिति सदस्यमा सहमति नभएपछि तीनवटा पदका लागि शनिबार निर्वाचन भएको थियो ।

अध्यक्षका लागि गोबिन्द बस्नेत र पदम कार्कीले प्रतिस्पर्धा गरेकोमा गोबिन्द बस्नेत १ सय ७५ मत ल्याएर बिजयी भए भने कार्कीले १ सय १३ मत पाए । त्यस्तै सह- सचिवका लागि विमल विष्ट र रोजलिन लिम्बुले प्रतिस्पर्धा गरेकोमा १ सय ७४ मत ल्याएर बिष्ट बिजयी भए । लिम्बूले १ सय १ मत पाएका थिए ।

लेखा सदस्यका लागि अम्बर खड्का र सुनिता लिम्बुले चुनावी प्रतिस्पर्धा गरेकोमा २५ मत बढी ल्याएर खड्का बिजयी भएका छन् ।