यस्ता रहेछन् बेलवारी नगर सरकारले सय दिनमा गरेका काम

  • ३० भाद्र २०७९, बिहीबार

बेलबारी नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरुले १०० दिनमा गरेका काम र उपलब्धिहरु सार्वजनिक गरिएको छ ।
नगरपालिकाले पत्रकार सम्मेलन गरी संस्थागत सुधार र सुशासन, विकास व्यवस्थापन सार्वजनिक सेवा प्रवाह र न्याय व्यवस्थापन गरी तिनवटा क्षेत्रमा भए गरेका काम सार्वजनिक गरेको हो ।
क. संस्थागत सुधार र सुशासन तर्फ:
१. समयमा नगर सम्पन्न गरी वार्षिक नीति बजेट तथा कार्यक्रम ल्याइएको । . नगरका सबै सेवा इकाईलाई प्रविधिमैत्री बनाउन कार्य अघि बढाइएको ।
३. बेलबारी मा नगर अस्पताल सञ्चालनमा ल्याइ १२ घण्टे ओ.पि.डी. सेवा, सेवा, एक्सरे सेवा लगायतका सेवाहरु प्रदान गर्ने गरिएको र विगत २ महिनामा करिव ४२०० नागरिकलाई सेवा प्रवाह गरिएको ।
. नगरपाचित्र (प्रोफाइल) निर्माणका लागि कार्य अघि बढाइएको ।
५. आवधिक योजना निर्माण मार्फत योजनावद्ध विकासका प्रारम्भ गरिएको ।  . वडा नं. ७ बाहुनीमा कृषि तथा पशुपक्षी सेवा प्रवाहका लागि “सेवा एवं प्रशिक्षण केन्द्र सञ्चालनका लागि जनशक्ति छनौटको प्रक्रिया प्रारम्भ  गरिएको ।
७. ६ वटा विषयगत समिति गठन भई कार्यान्वयनमा गएको ।
८. १० वटा नयाँ कानुनी संरचना (कार्यविधि) निर्माण भई स्वीकृत भएका  ।
. ४ वटा विद्यमान कानुनी संरचनामा सामयिक संशोधन गरिएको ।
१०. नगरबस संचालन कार्यविधि लगायत ५ वटा कार्यविधि निर्माण भई स्वीकृतीका लागि अन्तिम चरणमा रहेको ।
११. नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम भइरहेको  ।
१२. भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको वडा नं. १, २, ३, ४, ५ र ११ को ७ तथा १५ दिने सूचना जारी गरी निस्सा वितरण कार्य सम्पन्न भएको ।
१३. भू उपयोग ऐन, २०७६ तथा भू-उपयोग नियमावली, २०७९ बमोजिम भूउपयोग योजना तर्जुमा गरिएको ।
१४. भू-वर्गीकरणका लागि कार्य प्रारम्भ भई भू-उपयोग परिषद् र कार्यान्वयन समिति समेत निर्माण भएको ।
१५. प्रदेश लोकसेवा आयोगमा रिक्त जनशक्तिको माग प्रकृया अगाडि बढाइएको ।
१६. भवन निर्माण इजाजत प्रकृया डिजिटलाइट गर्न प्रारम्भ गरिएको ।
१७.  नगरपालिका भवन, रणपाल आ. वि. बेलवारी – लक्ष्मी सामुदायिक वन उपभोक्ता समूह भवन बेलबारी ११ मा नि बुथ कायम गर्न सिफारिस गरिएको  ।
१८. विगतमा नलागेका आन्तरिक श्रोत सङ्कलनका लागि ठेक्षा व्यवस्थापनको निरन्तर पहल भइरहेको ।
१९. नगर खेलकुद विकास समिति र औधोगीक ग्रामका लागि जग्गा खोजविन एवं सम्भाव्यता अध्ययन समिति गठन गरिएको ।
२०. फोहोरमैला व्यवस्थापनका लागि जग्गा खोज्नका लागि पहल भईरहेको ।
२१. विद्यालयमा कार्यरत वालविकास सहजकर्ता, कार्यालय सहायक र कार्यालय सहयोगीको तलब सुविधा वृद्धि गरिएको ।
२२ आ.व. २०७८ / ०७९ मा पूर्वाधार तर्फ २९ वटा योजनाहरुको अनुगमन गरी योजना सम्मपन्न पश्चात अन्तिम भूक्तानी दिएको ।
ख. विकास व्यवस्थापन तर्फ :
२३. सडक बोर्ड नेपाल तर्फको ४ वटा सडक मर्मतको ठेक्का सम्झौताको चरणमा रहेको ।
२४. बहुवर्षिय आयोजनाहरुको श्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको ।
२५. नगरपालिका भवन र ११ वटा वडाको (प्रति आयोजना घटिमा ५० लाख लागत अनुमान नगर स्तरीय • आयोजनाहरुको खरिद प्रकृया प्ररम्भ गर्ने तयारी अन्तिम अवस्थामा पुगेको  ।
२६. नियमानुसार I.EE. स्वीकृत गरी श्रममूलक प्रविधिबाट खोलाजन्य पदार्थ उत्खननका लागि ठेक्का व्यवस्थापन गर्ने सूचना प्रकाशन गरिएको ।
२७. कृषि विकास तथा पशुपक्षी सेवा विकास, विस्तार र प्रबर्द्धनका लागि प्राविधिक परामर्श प्रदान गरिएको ।    २८. शहकारी दर्ता, नविकरण लगायतको सेवालाई व्यवस्थित गर्न कोपोमिक्स प्रणाली लागू गरिएको ।
२९. गुणस्तरीय शिक्षाका लागि निरन्तर अनुगमन, पृष्ठपोषण र सुधार विधिद्वारा व्यवस्थित गर्ने कार्य प्रारम्भ गरिएको ।                                           ३०. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरुको छनौट गरी पठाइएको  ।
३१. विपद्का अबस्थाबाट नागरिकलाई तत्काल राहत पुर्याउन ह्युमपाइप वितरण गरी विपद् व्यवस्थापनको प्रयास गरिएको  ।
. बाढी नियन्त्रणका लागि ४ स्थानमा पर्क्युपाइनको कार्य गरिएको  ।
३३.  साझा विषयहरुमा “सहकार्य गर्न अन्तर स्थानीय तह समन्वय समितिको बैठक बसी साझा सरोकारका विषयमा सहकार्य गर्ने निर्णय गरी सोही मूताबिक खोला ठेक्का व्यवस्थापन कार्य प्रारम्भ भएको  ।
३४.  विकास व्यवस्थापनमा “नागरिकको मुद्दा” का सम्बन्धमा नेतृत्व गर्दै प्रदेश सरकार र संघीय सरकारका निकायहरुसँग निरन्तर समन्वय गरिरहेको ।
३५. हरित बेलबारी हरित विद्यालय निर्माणमा “एक विद्यार्थी एक विरुवा अभियानका लागि नगर क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई परिचालन गरी विद्यालयका प्राङ्गण तथा अन्य खाली जमिनमा “वेलवृक्ष वृक्षारोपण अभियानको सुरुवात गरिएको  ।
३६. यस आ.व. मा २५ हजार विरूवा रोपी हुर्काउने र सोको अभिलेख विद्यालय, वडा तथा नगरपालिकामा व्यवस्थापन गर्ने गरी संयन्त्र तयार गरिएको ।
ग. सार्वजनिक सेवा प्रवाह र न्याय व्यवस्थापन तर्फ :
३७. सेवा अनेक द्वार एक” सेवाका लागि प्रकृया अघि बढाएको छ । यस प्रकारको सेवा नगर तथा वडामा उपलब्ध गराईने योजना रहेको  ।
३८. सबै स्वास्थ्य इकाइहरुमा कम्प्युटर, प्रिन्टर लगायतका उपकरण उपलब्ध गराई प्रविधि मैत्री सेवा प्रवाह गराईने गरी पहल प्रारम्भ गरिएको ।
३९. न्यायिक सम्पादन तर्फ १८ वटा अघिल्लो सरकारबाट जिम्मेबारी सरेको, ९ वटा यस सरकारमा उजुरी दर्ता भएको सो मध्ये २२ वटा किनारा लागेको र ५ वटा कार्यान्वयनको प्रकृयामा रहेको ।
४०. सेवा प्रवाहलाई व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउन कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागु गर्ने अन्तिम तयारी गरिएको ।
. सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, EXIT POOL जस्ता विधिहरुको प्रयोगबाट सेवा सुधार गर्ने पहल प्रारम्भ भएको  ।
४२. अपाङ्ग परिचय-पत्र वितरण ७५ वटा साथै जेष्ठ नागरिक परिचयपत्र ७२ वटा वितरण गरी सो को व्यवस्थापन गरिएको  ।
४३.  ९० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूलाई घरघरमा नै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइएको छ । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंकसम्म जान नसक्ने लाभग्राहिको हकमा वडाबाटै सिफारिस उपलब्ध गराईने व्यवस्था मिलाइएको  ।

४४. एक शिक्षक एक ल्यापटप कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालय आधारभूत तह (कक्षा १ देखि ५ ) सम्मका प्रति विद्यालय एक शिक्षकलाई रु १०,०००/- का दरले ल्यापटप खरिदका लागि अनुदान प्रदान ‘गर्ने गरी प्रस्ताव आह्वान गरिएको छ ।
४५. सामुदायिक विद्यालयहरुमा सुनिश्चित सिकाई प्रद्धति लागु गर्न सरोकारवालाहरुलाई अभिमूखिकरण प्रदान गरिएको छ ।
४१. ECEC सँगको सहकार्यमा ३१ वटा विद्यालयहरूमा कक्षा ० देखि ३ सम्मका सबै कक्षाकोठालाई वालमैत्री बनाउदै शिक्षकहरूलाई बीस दिनको तालिम प्रदान गरिएको छ ।
४२.  ४ वटा विद्यालयको पूर्वाधार सूधारका लागि लगानी गरिएको छ ।
४३. मृगौला प्रत्यारोपण वा डायलाइसिस, क्यान्सर, मुटु सर्जरी, स्पाइनर कर्ड इन्जुरी, प्यारालाइसिस, बोनम्यारो प्रत्यारोपण र पार्किङससका विरामीहरुलाई २५ हजारसम्म उपलब्ध गराउदै आएकोमा हाल ५० हजारसम्म साथै अन्य रोगका अति विपन्न परिवारलाई बढीमा १५ हजारसम्म जनता उपचार कार्यक्रम सञ्चालन कार्यविधि मार्फत उपलब्ध गराउदै