मोरङ क्षेत्र नं. ३ क मा कांग्रेसका मान बहादुर लिम्बुको अग्रता

गोपाल काफ्ले

  • ६ मंसिर २०७९, मंगलवार

मोरङ क्षेत्र नं. ३ क मा मान बहादुर लिम्बुको अग्रता कायमै रहेको छ । प्रदेश सभा सदस्यको कुल १९ हजार ९१ मत गन्दा गठबन्ध तर्फका नेपाली काग्रेंसका मान बहादुर लिम्बुले ७ हजार ४ सय ५३ मत प्राप्त गर्नु भएको छ ।
मंगलबार बेलुकीसम्ममा एमालेका दिलिप कुमार राईले ६ हजार ७ सय ६३ मत पाउनु भएको छ भने राप्रपाका तिर्थ बहादुर गुरुङले २ हजार ६ सय ८४ मत प्राप्त गर्नु भएको छ । काग्रेसका मान बहादुर लिम्बुले ६ सय ९० मतको अग्रता लिनु भएको छ ।

२० जनाको उमेद्वार रहेको प्रदेश सभामा भने क र ख मा सत्ता गठबन्धनका मान बहादुर लिम्बु र दिलिप कुमार राई बिच क प्रदेशमा प्रतिस्पर्दा हुदैछ । त्यस्तै ख प्रदेशका लागि सत्ता गठबन्धका एकिकृत समाजबादिका लक्ष्मि कुमार श्रेष्ठ र एमालेका ज्ञानेन्द्र सुबेदी बिच प्रतिस्प्रदा हुदैछ । नेकपा एमालेका उमेद्वार सुबेदी बेलबारी नगरपालिकाका पुर्व नगर प्रमुख र राई पथरी शनिश्चरे नगरपालिका पुर्व नगर प्रमुख रहनुभएको छ ।

प्रतिनिधी सभामा ३१ जनाको उमेद्वारी रहेको मोरङ-३ मा नेकपा एमालेबाट पुर्व (स्वास्थ, पर्यटन र कानुन) मन्त्रि भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली काग्रेसका  शुनिल शर्मा र राप्रपाकी नेत्रि तथा नायिका रेखा थापा मुख्य प्रतिस्पर्धामा छन् ।

मोरङ क्षेत्र नं. ३ मा हाल ५ ठाउँ मतगणना हुदैछ । संघको समानुपातिक १ ठाउँ र प्रदेशको १ ठाउँमा मत गणना सुरु भएको मोरङ क्षेत्र नं. ३ का निर्वाचन अधिकृत रामहरि काफ्ले जानकारी दिनु भयो ।

जम्मा १ लाख ४९ हजार ८ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं. ३ मा ९७ हजार ४ सय ६८ खसेको थियो । मोरङ क्षेत्र नं. ३ मा पथरी शनिश्चरे नगरपालिकाको ८ , बेलबारी नगरपालिकाको ८, सुन्दरहरैचा नगरपालिकाको ६ र कानेपोखरी गाउँपालिकाको ४ गरि २६ वटा वडा रहेका छन ।