केराबारीमा हुनेभो मच्छिन्द्र मेला तथा कृषि, ब्यापार र पर्यटन महोत्सव

  • ११ पुष २०७९, सोमबार

मोरङ केराबारीमा यहि पौष १३ गतदेखि १९ गतेसम्म मच्छिन्द्र मेला तथा कृषि, ब्यापार र पर्यटन महोत्सव २०७९ हुने भएको छ ।

ऐतिहासिक,धार्मिक,साँस्कृतिक मच्छिन्द्र मेलाको पहिचान,कृषि र आन्तरिक पर्यटन हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सव बारे आईतबार आयोजक केराबारी ब्यापार प्रबन्ध समिति ले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो

झण्डै १ सय स्टल रहने सो मेला / महोत्सवलाई व्यवस्थित बनाउन मेला स्थलमा पार्किंंङ स्थल तथा सिसि क्यामेराको समेत ब्यबस्था गरिएको आयोजक समितिले जनाएको छ ।
महोत्सवको तयारी तिब्र रुपमा भइरहेको आयोजक केराबारी ब्यापार प्रबन्ध समितिका अध्यक्ष किशन शाहीले बताए ।

स्थानीय र प्रदेश सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई ब्यापारिक कृषि तथा पर्यटकीय क्षेत्रको बिकास गर्ने, ग्रामिण बजारको बिस्तार गर्दै यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको बिस्तार र प्रर्बद्धन गर्ने, लोप हुन लागेका लोक कला संस्कृति र साहित्यको जर्गेना गर्ने तथा यस क्षेत्रमा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको संरक्षण र बिस्तारमा टेवा पुर्याउँदै कृषि उपज बस्तु तथा सामाग्रीहरुको बिक्री बितरण तथा प्रर्बद्धन लगायतका उद्धेश्यले महोत्सव आयोजना गरिएको हो ।

मेलामा नेपालका चर्चित गायक तथा गायिकाहरु राजेश पायल राई, प्रमोद खरेल, एलिना चौहान, लाहुरे, मुन प्रसाँई, अस्मिता अधिकारी, प्रबिशा अधिकारी लगायतका विभिन्न कलाकारहरुका साथ स्थानीय कलाकारहरुले प्रस्तुती रहने छ । मेलामा रोहटेपिङ झुल्ला, नौका झुल्लालगायत वाल बालिकाहरुको खेल राखिने जनाईएको छ ।

केराबारी ८ स्थित प्रस्तावित केराबारी रंगशालामा सञ्चालन हुने मेलामा ५० हजार बढीले अबलोकन गर्ने र अनुमानित ५० लाख बराबरको कारोबार हुने आयोजकको भनाई छ । खर्च कटाएर आम्दानी भएको रकमबाट केराबारी प्रवेशद्धार (डिजिटल गेट) निर्माण गर्ने लक्ष्य लिएको केराबारी व्यापार संघका महासचिव टेकवहादुर कार्कीले बताए । महोत्सवका अबसरमा पालिकास्तरीय फुटबल प्रतियोगिता समेत आयोजना गरिएको आयोजकले जनाएका छन् ।