धनकुटा सिधुवा बजारका अग्नी पिडिलाई सूर्य वहादुर थापा प्रतिष्ठानको सहयोग
- ३ माघ २०७९, मंगलवार
धनकुटा जिल्ला छथर जोरपाटी गाउपालिका वडा नं. ६ सिधुवा बजारका ८ जना घर परिवारहरुलाइ सूर्य वहादुर थापा प्रतिष्ठानबाट राहत समाग्रीहरु वितरण गरिएको छ ।
सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिल वहादुर थापाले पठाउनु भएको समाग्रीहरु प्रतिष्ठानका सदस्यहरु तथा नेपाली कांग्रेस धनकुटाका नेताहरूले हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई,छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा, वरिष्ठ समाज सेवी असित नर सिंह थापा,कुमार थापा,रमेश थापा, जिल्ला सदस्य मिन वहाुदर कार्की,मुना पोखरेल,नेपाली कांग्रेस धनकुटका नगर उपसभापति अमित लो तामाङ, वडा नं. ६ का वडा अध्यक्ष दिपक गुरुग, नेपाली काांग्रेसका छथर जोरपाटीका उपसभापती मनीकर्ण दाहाल, सचिव पदम भट्टराई, वडा नं. ६ का कांग्रेसका सभापति नविन श्रेष्ठ, हरी दाहाल, दिल कुमार राई, श्रीराम रायमाझी, बल वहादुर खड्का, कमल थापा लगायतले संयूक्त रुपमा अग्नी पिडितहरुलाई प्रदान गर्नु भएको हो ।
धनकुटाको सिधुवा बजारमा आगलागी हुदा घरसहित धन सम्पत्ति तथा विभिन्न समाग्रीहरु क्षती भएका सिधुवा बजारका ललिता राई, झमक थापा,सन्त वहाुदर राई, यम वहादुर मसाङ्गी, लिला माय थापा, अर्जुन घिमिरे, डिग वहादुर खड्का ,डम्वर वहादुर थापालाई सूर्य वहादुर थापा प्रतिष्ठानबाट प्राप्त उक्त राहत समाग्रीहरु प्रदान गरिएको थियो ।
विद्युत सट भई आगलागी हुदा धनकुटा जिल्ला छथर जोरपाटी गाउपालिका वडा नं. ६ सिंधुवामा ८ घर जलेर नष्ट हुदा लाखौंको क्षती भएको थियो ।







































































