३० करोड लागतमा भेडेटारमा बन्नेभो ५० मिटर लामो ‘स्काई वाक’

  • २७ फाल्गुन २०७९, शनिबार

धनकुटाको भेडेटारमा ३० करोड रुपैयाँको लागतमा ५० मिटर लामो ‘स्काइ वाक’ बन्ने भएको छ ।

भेडेटारको भ्यू टावर रहेको ठाउँमा सार्वजनिक निजी साझेदारी मोडलमा वण्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्याक्सन्स प्रालिले हाल स्काई वाक निर्माणको काम शुरु गरिसकेको छ । हालसम्म स्काई वाकको लागि जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रवीन्द्र पोख्रेलले जानकारी दिए । ५० मिटर लामो हुने सिसा सहितको स्काइ वाकमा एकै पटकमा २०० जना हिंड्न सक्ने छन् ।

 प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि स्काई वाक संचालकन गर्न अनुमति दिइसकेको वण्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्याक्सन्स प्रालिले जनाएको छ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका र धरान उपमहानगरपालिकाको सिमानामा पर्ने परियोजनाको निर्माण सन् २०२३ भित्र नै सम्पन्न गर्ने निर्माण कम्पनीको योजना छ ।

वण्डर्स ग्रुपले यसअघि नै इलामको कन्याममा ’कन्याम क्लाउड’ (स्काइ वाक) निर्माण गरिसकेको छ भने काठमाडौंको कमलादीमा ’स्काइ वाक टावर’ निर्माण गरिएको छ ।