देविझोडा सामुदायिक वन जिल्लाकै उत्कृष्ट वन घोषित

  • १ श्रावण २०८०, सोमबार

मोरङका उत्कृष्ट सामुदायिक वनहरु पुरस्कृत
मोरङको केराबारी गाउँपालिका वडा नंम्बर ९ मा रहेको देविझोडा सामुदायिक वन उपभोक्ता समुह जिल्लाकै उत्कृष्ट सामुदायिक वन समुह घोषित भएको छ ।

डिभिजन वन कार्यालय मोरङले शनिवार एक कार्यक्रमको आयोजना गरी देवीझोडा सामुदायिक वनलाई जिल्लाको उत्कृष्ट सामुदायिक वन पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो । सामुदायिक वनको संरक्षण,सम्वद्र्धन,दिगो व्यवस्थापन, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवं गरिविन्युृनीकरणमा योगदान पुर्याए वापत समुहलाई १० हजार नगद सहित प्रशंसा पत्रले पुरस्कृत गरिएको हो ।

त्यसैगरी मिक्लाजुङमा रहेको धानखेती सामुदायिक वन उपभोक्ता समुह उत्कष्ट द्धितिय र सुन्दहरैंचा स्थित जनचेतना सामुदायिक वन उपभोक्ता समुहले तृतिय पुरस्कार प्राप्त गरेका छन्  । त्यसैगरी बेलबारी १ स्थित नक्सल सामुदायिक वनलाई सान्तावना पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अजम्वर काम्बाङ र डिभिजन वन कार्यालय मोरङका अधिकृत विष्णुलाल घिमिरेले पुरस्कार प्रदान गरेका थिए ।

डिभिजन कार्यालय मोरङ वार्षिक रुपमा मोरङका सामुदायिक वनहरुलाई कार्य मुल्याङ्कनको आधारमा वार्षिक रुपमा पुरस्कृत गर्दै आएको छ । कार्यक्रमकै अवसरमा यसै आर्थिक वर्ष भित्र अवकास प्राप्त वन कर्मचारीहरुलाई विदाई पनि गरिएको थियो  ।