नौ बर्षपछि बल्ल होला कि जस्तोछ बेतना सिमसारको चुनावी साधारणसभा

  • १० पुष २०८०, मंगलवार

बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको साधारणसभा ९ बर्षपछि बल्ल हुने भएको छ ।

दलीय खिचातानी र भागबन्डाको सिकार भएको कारण कार्यकाल सकिएको चार पाँच बर्षसम्म पनि हुन नसकेको साधारणसभाको मिति आठ नौ पटक सर्दै सर्दै पौष २८ गते तोकिएको होब ।
बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको नेतृत्वमा  यसै हप्ता  बसेको सर्बदलीय बैठकले साधारण सभाको मिति निश्चित गरेको हो ।

मोरङ क्षेत्र न.३ (१) र (२) प्रदेश सभा सदस्य, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको आयोजक समिति, समुहकै निर्वाचन समिति, संघर्स समितिसहित अन्य सरोकारवालाहरु सहित बसेको बैठकमा बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको संघर्स समितिसँग सहमति हुन नसकेपछि पौष १८ गते निर्धारित मितिमै साधारणसभा गर्ने निर्णय गरेको हो।

बेलबारीमा विभिन्न संघ संस्थामा दलिय भागबन्डा गर्ने परिपाटी रहँदै आएको छ । यसअघि बेलबारी खानेपानी, ब्यापार संघ, बेतना सिमसार र धनपालगढी लगायतका संघ संस्थामा दलहरुले अग्रििम रुपमै भागबन्डा गरेका थिए तर साधारणसभा आउने बेलामा आकांक्षीहरु ब्यबस्थापन गर्न नसक्दा र एकले अर्कोलाई स्विकार्न नखोज्दा भागबन्डा तोडिँदै गएका छन् ।

ब्यापार संघमा सत्ता गठबन्धन पक्षीय र एमालेसहितको गठबन्धन भई कांग्रेस नेतृत्वको सत्ता गठबन्धन पक्षले जितेपनि बीलबारी खानेपानीमा भने बाम गठबन्धन एकातिर र कांग्रेस एक्लै अर्कोतिर भई चुनाव लडेका थिए । तर चुनाव भने कांग्रेसले नै जितेको थियो । बेतनामा पनि  विभिन्न दलहरु नेतृत्व हत्याउने दाउमा रहेको र आकांक्षीहरु पनि धेरै भएकोले चुनाव नै हुने संभावना छ । अर्कोतिर विभिन्न माग राख्दै संघर्ष समितिले करिब एक महिनादेेेखि लगाएको ताला अझैसम्म नखुलेकोले साधारणसभा रोकिन सक्ने संंभावना पनि छ ।