सुन्दरहरैचाको जंगलमा साथी मारिएपछि झन् उपद्र्याहा हुन थाले हात्ती, सतर्क रहौँ है

  • १७ पुष २०८०, मंगलवार

मोरङको सुन्दरहरैँचामा गोली हानेर एउटा जंगली हात्तीको हत्या भएको छ ।

सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वन क्षेत्रको नर्सरी नजिकै  सोमबार बिहान हात्ती मृत फेला परेको सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले बताए  । मृत फेला परेको हात्तीको पुच्छर पनि काटेर लगिएको छ   ।

हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोलीले छेडेको प्वाल परेको छ । करिब १५ बर्षको भएको अनुमान गरिएको  भाले हात्ती सोमबार बिहान ८ बजेतिर मृत अबस्थामा फेला परेको थियो । बिहान ४ः३० बजेतिर घटनास्थल आसपासमा बन्दुक पड्किएको आवाज सुनिएको स्थानीय बासिन्दाले बताएका छन् ।

गोली हानिएको स्थानभन्दा करिब  सय मिटरजति टाढासम्म घस्रदै  चोरी सिकारीमा संलग्नले हात्ती मारेको आशंकामा प्रहरी, वन र कोसी टप्पु वन्यजन्तु आरक्षको वन्यजन्तु विज्ञको टोलीले घटनाबारे अनुसन्धान गर्दै  संलग्नको खोजी गरेपनि हालसम्म दोष्पत्ता लागेको छैन । ।

भारतबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले झापा, मोरङ र सुनसरीमा उपद्रो मच्चाइरहेको छ । सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरिरहेको हो । हात्तीको आक्रमणबाट साउनयता झापामा ५, मोरङ र सुनसरीमा १÷१ गरेर ७ जनाको मृत्यु भइसकेको छ ।
एक महिनाभन्दा अघिदेखि मोरङको बेलबारी, सुन्दरहरैँचा र केराबारी को विभिन्न स्थानमा दैनिकजसो दुई दर्जनभन्दा बढी हात्ती देखिने गरेको छ ।  हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्याउने गरिरहेको हो ।

यसैबीच केही दिनदेखि अड्डा जमाएर सुन्दरहरैँचा –७ स्थित पूर्वाञ्चल विश्वविद्यालयमा पआसपास बसेको जंगली हात्ती को हुलले सोमबार राति झन् वितण्डा मच्चाएको छ ।
प्रहरीका अनुसार विश्वविद्यालय परिसरभित्रै प्रवेश गरेर हात्तीले विश्वविद्यालयको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका र किचनमा क्षति पुर्याएको छ । हात्तीले ढोकाको सिसा फुटाइदिनुका साथै किचनको चुल्हो पनि भत्काइदिएको छ ।
त्यस्तै, हात्तीले सुन्दरहरैँचा–७ मा लेखनाथ प्रसाईंले २ बिघा क्षेत्रफलमा लगाएको केरा खाइदिएको छ । साथै, केरा खेतीमा क्षतिसमेत पु¥याएको प्रहरीले जनाएको छ । वन कार्यालय र सुरक्षा निकायले हात्तीबाट जोगिन सर्वसाधारणलाई रातको समयमा  सतर्क भएर बस्न तथा एक्लै हिँडडुल नगर्न आग्रह गरेका छन् ।