पथरी उद्योग वाणिज्य संघमा दीपक बस्नेत नेतृत्वको टीम निर्वाचित

  • ७ फाल्गुन २०८०, सोमबार

पथरी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक बस्नेत निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षकी प्रत्यासी स्वतन्त्र उम्मेदवार  देबी राई (नाना) लाई ३ सय ७२ मतान्तरले पराजित गर्दै बस्नेत बिजयी भएका हुन् । बस्नेत ५ सय ४ मत ल्याएर बिजयी बन्दा निकटतम प्रतिद्वन्द्वी राइले १ सय ३२ मतमात्र ल्याएका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा लोकनाथ खरेल निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षका लागि तीनजना प्रतिस्पर्धीहरु चुनावी मैदानमा होमिएकोमा रवीन्द्रकुमार राई (रविन) ३ सय ७१ मतका साथ बिजयी भएका छन् । अन्य प्रतिस्पर्धीहरु इश्वरी सापकोटाले १ सय ४१ मत र कारण ४१ मत र हरिराज प्याकुरेलले १ सय ८ मत प्राप्त गरे ।

अध्यक्ष र उपाध्यक्ष बाहेक सबै पदमा उम्मेदवारहरु निर्बिरोघ निर्वाचित भएका छन् । पथरी उद्योग वाणिज्य संघको महासचिवमा अशोककुमार राई निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै उद्योग सचिवमा प्रेमप्रसाद सुवेदी र वाणिज्य सचिवमा निलम बस्नेत निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा तेजेन्द्रप्रकाश राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित महिला सदस्यहरुमा जुनी थपलिया र प्रेमकुमारी ढकाल (राधा) छन् । खुला सदस्यहरुमा
इन्द्रबहादुर राई (आइ. बी.), तीर्थराज अधिकारी,
भरत भण्डारी र सन्तोष चौधरी छन् ।

त्यसैगरी लेखा समितिमा रोहित वास्तोला संयोजक र निरज दुलाल, तथा प्रकाश डाँगी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।