पथरीशनिश्चरेमा एक बाच्छीले नब्याउँदै दिन्छ दिनहुँ अढाई लिटर दुध

  • २० जेष्ठ २०८१, आईतवार

भुमी पाठक

मोरङको पथरीशनिश्चरेमा नब्याएको बाछी अर्थात कोरली गाईले दैनिक अढाई लिटर दुध दिन थालेको छ ।
पथरीशनिश्चरे –९ रिगुवाका पिताम्बर नेपालले पालेका गाईले बिगत ९ महिनादेखि दैनिक दुध दिन थालेको हो। नेपालले पाँच हजार रुपैयाँमा स्थानीय पशु हाटबाट ९ महिनाको बाच्छी किनेर ल्याएका थिए। ल्याएको सात महिनादेखि गाईको फाँचोमा दुध भरिएपछि पशु चिकित्सकको सल्लाह बमोजिम २०८० साल भदौ १० गतेदेखि दुहुन थालेको नेपालले बताए । सुरुमा बिहान एक पावा र साँझमा एक पाला २५० मिलिमिटर दुध दिएको गाईले दुध बढाउँदै लगेर अहिले अढाई लिटर जति पुर्याएको गाइधनी नेपालले बताए।
बाछीले अरू गाईजस्तै दुध दिने र स्वाद पनि फरक नभएको तर हाल बिहान मात्र दुध दुहुने गरेको नेपालले बताए।

नब्याएको कोरली बाछीले के कारणले दुध दियो भन्नेबारे पथरीशनिश्चरे-१ का भेट जेटीए भीम ढकालले पशु प्रजनन अङ्ग सम्बन्धी डिसब्यालेन्सका कारण उन्नत जातकाे नश्ल सुधार गरेकाे बाच्छा- बाच्छीहरूमा हर्मोनको सट्टा ग्यालेक्टाेरिया बढी उत्पादन भएमा यस्तो हुने गरेको बताए।