विद्यार्थीहरुलाइ डोको मान्द्रोदेखि टपरी बनाउनेसम्मका सीप सिकाउँदै अन्नपुर्ण मावि

  • १ असार २०८१, शुक्रबार

मोरङको पथरी शनिश्चरे – १ मा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयले हरेक शुक्रबार ‘बुक फ्रि डे’ को रुपमा विभिन्न परम्परागत सीप सिकाउन थालेको छ।
पछिल्लो समयमा यस विद्यालयले हरेक शुक्रबार ‘बुक फ्रि ‘शिक्षासंग सीपमूलक कार्यक्रम गर्न थालेको हो ।

विद्यालयमा हप्तैपिच्छे फरक नयाँ नयाँ सीपमूलक सिकाइ उपलब्ध गराई रहेको छ। जसमा बाँसको चोयाबाट बन्ने डोको ,मान्द्रो , फुर्लुङ, आदि बनाउने गरेको छन् भने सिलाई कटाई- बुनाई ,बोट विरूवाबाट प्राप्त हुने पातको प्रयोग गरेर परम्परागत दुना, टपरी, गाँसिने, श्रृंगारका सामाग्रीहरू पोते,माला ,धागो , बाती कात्ने, काष्ठकला, ग्रील , वोर्डिङ, आदि सीप सिकाउने संस्कारको विकास गरिएको विद्यालयका प्राचार्य वीरेन्द्र गुरूङले बताए।

वि. स.२०४८ सालमा स्थापना भएको पथरी बजार भित्र अवस्थित स्कुलले वि.सं २०६० सालदेखि  व्यवस्थापन संकायमा  ‘प्लस – टु ‘ संचालन गर्दै आएको विद्यालयमा ६ सय बढि विद्यार्थीहरूले अध्ययन गर्दै आएका छन्। चार दर्जन बढी शिक्षक र कर्मचारी रहेको यो विद्यालय पथरीशनिश्चरे नगरकै सबैभन्दा पुरानो विद्यालयको रूपमा परिचित छ।
भूकम्प प्रतिरोधात्मक क्षमताको भौतिक संरचनाहरूले भरिपूर्ण यो विद्यालय मदन बहादुर थापा मगरले स्थापना गरेका थिए।