एसईईमा अन्नपूर्ण मावि पथरीले पनि  ल्यायो उत्कृष्ट नतिजा

  • १८ असार २०८१, सोमबार

माेरङ पथरी शनिश्चरे-१ मा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बाेर्डद्वारा २०८० चैत्रबाट सञ्चालित एसईईमा उत्कृष्ट नतिजा ल्याएको छ ।

विद्यालयका प्राचार्य वीरेन्द्र गुरुङका अनुसार  एसइइमा क्रमशः फूलकुमारी चाैधरीले ३.८६ जीपीए, परिना खड्काले ३.७९ जीपीए, कञ्चन लिम्बूले ३.७५ जीपीए, दिलासा धिमालले ३.६२ जीपीए , गुञ्जन दुलाल र कञ्चन लिङथेपले ३.६१ ल्याएका छन् । त्यसैगरी २८ जनाले ३.६० जीपीए भन्दामुनि ३ .०० जीपीएसम्म नतिजा ल्याएको विद्यालयका शैक्षिक संयाेजक सुरेश थापाले जनाए।  यस्तै गुणस्तरीय र व्यहारिक शिक्षा दिंदै आएकाे यस विद्यालयमा सीपमूलक सिकाइ शिक्षणमा जाेड दिइएकाे प्राचार्य गुरूले सुनाए।

वि.स.२०६० सालदेखि यस विद्यालयमा प्लस_ टु´ व्यवस्थापन सञ्चालन भइरहेको छ। हाल यस विद्यालयमा कक्षा पिजीदेखि कक्षा- १२ सम्मका कक्षाहरूमा ६ सय बढी  विद्यार्थीहरूले अध्ययन गदैे आएका छन्। ४ दर्जन बढी शिक्षक कर्मचारी रहेको याे विद्यालय पथरी शनिश्चरे नगरकाे दाेस्राे विद्यालयका रूपमा परिचित छ। पर्याप्त क्षमताको भाैतिक संरचनाहरूले भरिपूर्ण याे विद्यालय मदनबहादुर थापाले स्थापना गरेका थिए ।