लोकसागर साम्बाले जिते पोएट आइडल पथरीशनिश्चरेको उपाधि

  • १९ असार २०८१, मंगलवार

लोकसागर सम्बा मोरङको पथरीशनिश्चरे नगर स्तरीय पोएट आइडल घोषित भएका छन् ।
पथरीशनिश्चरे कला साहित्य प्रबद्र्धन समितिले एभरेष्ट बोर्डिङ स्कुलको सभा हलमा आयोजना गरेको कविता प्रतियोगिताको शनिबार भएको फाइनलमा लोकसागार साम्बा आइडल घोषित भएका हुन् । विजेता साम्बालाई नगद १५ हजार, प्रमाण पत्र लगायतको पुरस्कार प्रदान गरिएको छ । साम्बा बुद्धिचाल .(चेसं)को राष्ट्रिय खेलाडी समेत हुन् । राष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान आउन सफल साम्बा, बुद्धिचालकै पथरीशनिश्चरे नगर, मोरङ जिल्ला च्याम्पियनहुँदै राष्ट्रिय पुरस्कारसम्म जित्न सफल भएका खेलाडीसमेत हुन् ।
पथरीशनिश्चरे नगरपालिकाले आयोजना गरेको पहिलो कविता प्रतियोगितामा तीन चरणको प्रतिस्पर्धा गराइएको थियो । पहिलाे चरणमा प्रथम भएका साम्बाले ‘यहीनेर म अनागरिक’, दोस्रो चरणमा ‘यसरी देश छोडेँ’ र लाइभ लेखन चरणमा ‘झरीसँग प्रेम’ शीर्षकको कविता लेखेर दमदार प्रस्तुत गरेका थिए ।
पहिलो चरणमा २४ जनाबाट १० जना छानिएको थियो । दोस्रो चरणमा चार जना र चार जनालाई ‘झरीसँग प्रेम’ शीर्षकमा कविता लेख्न दिइएको थियो ।
प्रतियोगितामा प्रशसना तिम्सिना (रेडस्टार बोर्डिङ स्कुल)ं, लाजिमा सुन्दास .(सिंहबाहिनी माविं), पवित्रा खनाल .(सिंहबाहिनी माविं) क्रमस: दोस्रो, तेस्रो र सान्वना पुरस्कार जितेका छन् । विजेता कविहरुलाई १०, ५ र २ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको आयोजक समितिको अध्यक्ष अमिर राईले बताए ।
कार्यक्रममा नगरका पुराना मूर्तिकार कृष्णभक्त गजमेरलाई नगद २५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा नाटक ‘स्कुल प्रदर्शन’ प्रदर्शन गर्नुको साथै विभिन्न साँस्कृतिक कार्यक्रम भएको थियो । प्रतियोगिताको निर्णायकहरुमा हेमन यात्री, विष्णुप्रसाद न्यौपाने, किशोर कोइराला, खगेन्द्र खुशी रहेका थिए ।
पथरीशनिश्चरे नगरका पूर्व नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरको वर्तमान प्रवक्ता नवीन कार्की, २ नं. वडा अध्यक्ष नैना राई,७ का अध्यक्ष उद्धप बस्नेत, पथरीबहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिना, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, साहित्यकार/ पत्रकार भूपेन्द्र तिम्सिना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यकार तथा शिक्षक सुमन राई, विद्रोही कान्छा (अशोक साम्पाङ) लगायतले अप्रतियोगि रचना वाचन गरेका थिए ।
कार्यक्रम सफल पार्न साहित्यकार लक्ष्मीप्रसाद फुयाँल, टेलि सिरियल निर्देशक हरेन्द्र खत्री, नाटक लेखक निर्देशक जीवन बराल लगायतको सक्रियता रहेको थियो ।