टिपरको ठक्करबाट केराबारी ९ का रामबहादुरको मृत्यु, छोरा घाइते

  • १८ श्रावण २०८१, शुक्रबार

टिपरको ठक्करबाट मोरङ केराबारी गाउँपालि का – ९ का एकजना बृद्दको मृत्यु भएको छ भने उनका छोरा घाइते भएका छन्।

पुर्व पश्चिम राजमार्गको खोर्साने चोकदेखि पुर्वपट्टी भएको दुर्घटनामा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङ केराबारी गाउँपालिका –९ देवीझोडा का ६९ वर्षीय रामबहादुर मगरको मृत्यु भएको हो ।
मोटरसाइकल चालक छोरा २२ वर्षीय रञ्जित मगर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु चढेको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोटरसाइकल अगाडि गइरहेको प्रदेश १–०२–००१ ख ९८८३ नम्बरको बसमा ठोक्किएको थियो । त्यसैबेला पछाडिबाट आइरहेको ना १ क ६१६७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएका कारण उनीहरु घाइते भएका थिए। उनीहरुलाई तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको भएपनि अस्पताल पुर्याउँदा रामबहादुरको मृत्यु भइसकेको डाक्टरले बताएका थिए। घाइते छोरा रञ्जितको उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
शुक्रबार अपरान्ह भएको दुर्घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले दुर्घटनामा परेका घाइतेहरुको उद्वार गरी बस तथा टिपरलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले बस चालक उर्लाबा री – ४ का राजकुमार बिकलाई नियन्त्रणमा लिएको छ । टिपर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।