लोहन्द्रा गंगाधाम निर्माण, अब खोलाले अन्त्येष्टि नै नगरी बगाउँदैन शब

  • २१ जेष्ठ २०८२, मंगलवार

बेलबारी नगरपालिका ३ स्थित लोहन्द्रा खोला किनारमा नमूनायोग्य लोहन्द्रा गंगा धाम (शवदाह स्थल) निर्माण भएको छ ।
केन्द्रिय सरकारले दिएको ७० लाख बजेटबाट दुइवटा शबदाह गृहसहित घाट निर्माण भएपछि हालै शवदाह स्थलको उदघाटन भएको छ । संघीय सरकारले दिएको ७० लाख बजेटबाट बेकेदारलाइ जिम्मा दिई शब जलाउने घाट निर्माण भएको थियो । बेलबारी ११ को ठेकेदार कम्पनी भास्कर कन्स्ट्रक्सन एण्ड सप्लायर्सले २०८१ जेठ ३ मा शब जलाउने २ वटा शबदाह गृह निर्माणको जिम्मा पाएको थियो । सोही आर्थिक बर्षथित्र सक्ने शर्तमा निर्माणको जिम्मा दिइए पनि गत फागुनमा मात्र सो कम्पनीले काम सम्पन्न गरी जिम्मा लगाएको थियो ।
त्यसबाहेक बेलबारी नगरपालिका, बेलबारी ३ नम्बर वडा कार्यालय र दाताहरुको सहयोगबाट लोहन्द्रा गंगा धामस्थलमा बिश्राम घर शौचालय, मोटर पम्प पावर हाउस, बाथरुम, वाटर पम्प आदि निर्माण भइसकेका छन् । नगरपालिकाले दुइ चरणमा गरी ८ लाख, बेलबारी ३ नम्बर वडा कार्यालयबाट २ लाख र बिभिन्न दाताहरुबाट करिब ३० लाख रुपयाँ प्राप्त भएको र सोही बजेटबाट हालसम्मको काम सम्पन्न गरिएको लोहन्द्रा गंगा धाम निर्माण समिति अन्तरगत आर्थिक उप समितिका संयोजक माधबराज थापाले बताए । घाट निर्माणको बाँकी काम गर्नका लागि बजेट नभएकोले दाताहरुबाट सहयोगका लागि थापाले आग्रह गरेका छन् ।
थानीय बासिन्दाले भविश्यमा लोहन्द्रा गंगा धाम लाइ सुबिधासम्पन्न बनाउने योजना गरेका छन् । लोहन्द्रा गंगा धाम निर्माण समितिका अध्यक्ष प्रताप थापाका अनुसार घाट निर्माणको काम सम्पन्न गर्नका लागि करिब ५ करोडको लागत इष्टिमेट गरिएको छ । पूर्व पश्चिम राजमार्गबाट लोहोन्द्रा किनारै किनार बाटोको ट्रयाक खोल्ने, दाउरा राख्ने घर, किरियापुत्री घर निर्माण, जस्ता काम अझै बाँकी रहेको तर हाल बजेट नभएकोले बजेट उपलब्ध भएमा निर्माण सक्न अझै ६ महिनादेखि १ बर्ष लाग्ने लोहन्द्रा गंगा धाम (शवदाह स्थल) निर्माण समितिका अध्यक्ष प्रताप थापाले जानकारी दिए ।
नव निर्मित निर्मित गंगा धाम (शबदाह स्थल) को जेठ १९ गते सोमबार बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र उपमेयर नितु थापा कोइरालाले शवदाह स्थल उद्घाटन गरेका थिए् ।
बेलबारी नगरपालिकाका प्रमुख दिलरसाद राइले घाट निर्माणका लागि बजेट बिनियोजन गर्दा मानिसहरुले निकै आलोचना गरेपनि आफ्‌नो कार्यकालमा बेलबारीमा शबदाह स्थल निर्माण जस्तो पुण्य काम गर्न पाएकोमा आफुलाइ गर्व महसुस भएको बताए । खोला किनारमा शब अन्त्येटि गर्दा लाश नै बगागने चलन अन्त्य हुने भएपछि अहिले सबैले कुरा बुझेको र आलोचना हुन छाडेको उनले बताए ।
लोहन्द्रा गंगा धाम (शवदाह स्थल) निर्माण समितिका अध्यक्ष प्रताप थापाले सबैतिर भ्रष्टाचार र निराशा बढिरहेको बेला झण्डै दुइ बर्ष लगाएर घाट निर्माण गर्दा घाट निर्माणमा अनियमितता हँदैन भन्ने विश्वास दिलाउन निकै मुश्किल परेको बताए ।
बि.सं. २०८० साउन २७ गते बेलबारी वडा नं.३ निवासी मेघराज कोइरालाकी आमाको देहान्तपछि दाहसंस्कारको क्रममा दागबत्ती दिएको चित्ता आधा नै जल्‌न नपाउँदैे लोहोन्द्रा खोलाले लाश बगाएको थियो । लोहोन्द्रा खोला किनारमा अन्तिम संस्कार गर्दागर्दै खोलाले शव बगाएपछि मेयर राइले शबदाहस्थल निर्माण गर्ने घोषणा गरेका थिए । घटनापछि बेलबारी नगरपालिकाको पहलमा वडा ३ मा घाट निर्माणका लागि सङ्घीय सरकारको ७० लाख रुपयाँ बिनियोजन गरेको थियो । त्यसो त प्रदेश सरकारले पनि बेलबारी वडा नं. ७ मा घाट निर्माणका लागि १ करोड ५ लाख बजेट विनियोजन गरेको थियो । जस अनुसार त्यहाँ घाट निर्माण भइरहे पनि निर्माणस्थल निजी जग्गामा परेपछि सो घाट बिवादित बनेको छ ।
लोहन्द्रा गंगाधाममा उद्दृघाटन भएकै दिन पहिलोपटक बेलबारी नगरपालिकाका पूर्व मेयर तथा कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीकी आमा टीकादेवी सुवभदीको शरिर अन्त्येष्टि गरिएको छ ।
विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएकी टीकादेवीको उद्घाटन भएकै दिन सोमबार लोहन्द्रा गंगा धाममा अन्त्येष्टि गरिएको हो ।