चार सहकारी मिलेर बनेको केराबारी साकोसको कार्यालय उद्घाटन
- २४ असार २०८२, मंगलवार
चार ओटा सहकारी मर्ज भई वनेको केराबारी साकोसको आइतबार कार्यालय उद्घाटन भएको छ ।केराबारी ८ स्थित संस्थाको कार्यालयमा एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले रिवन काटेर कार्यलय उद्घाटन गर्नुभएको हो ।
केराबारीमा विगत लामो समयदेखि चल्दै आएको सामुदायिक साकोस्,खदम हिल साकोस्,लक्षित बहुदेशिय सहकारी संस्था र शुभारम्भ साकोसको सम्पुर्ण कारोबार मर्ज गरी एकिकृत रुपमा कारोबार सुरु गरेसंगै आज औपचारिक रुपमा कार्यालय उद्घाटन गरिएको हो ।
संस्थाको जग्गा वडा न.१० मा रहेपनि कार्यालय भवन नबनिञ्जेल सम्म हाललाई वडा नं.८ स्थित मच्छिन्द्र चोक देखि २सय मिटर पूर्वमा कार्यालय राखिएको छ । संस्थाको औपचारिक उद्घाटन संगै गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिंग मगरले संस्थालाई एकिकृत कारोबार भएको प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।
मर्ज भए पश्चात २०८२ जेष्ठ मसान्त सम्मको कारोबार अनुसार संस्थाको कुल शेयर पूँजी ३ करोड ९४ लाख ९३ हजार २सय,निक्षेप ५करोड ८६ लाख ५४ हजार ६ सय ४२ रुपैया,जगेडा कोष १ करोड ७लाख ६३ हजार ३ सय १० रुपैया पुगेको छ ।
कार्यालय उद्घाटन गर्नुहुदै पालिका अध्यक्ष मगरले संस्थाको एकिकृकत कारोबार गरेर कार्यालय उद्घाटन गर्नु यो नै हाम्रा लागि एतिहासिक खुशीको दिन हो । अब अन्य सहकारीहरुले पनि मर्जमा जानुको विकल्प छैन । छरिएर रहेको पूर्जी एकै ठाउँ हुँदा शेयर सदस्य र बचत सदस्यहरुलाई पनि फाइदा पुग्छ । यस अभियानमा लाग्नु हुने संस्थाका जिम्बेबार सबै पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु अध्यक्ष मगरले भन्नुभयो ।
कार्यक्रममा सहकारी मर्जर समितिका संयोजक डिल्लीराम शर्मा अधिकारी, ब्यापार प्रबन्ध समितिका अध्यक्ष किशन शाहीले पनि शुभकामना व्यक्त गर्नुभएको थियो , ८ नम्बर वडाध्यक्ष कमल कुमार बस्नेत,खदम क्याम्पसका क्याम्पस प्रमुख टेकवहादुर थपलिया,आयात साकोसका अध्यक्ष लक्ष्मण ठाकुर,नवपाइला साकोसका अध्यक्ष पदम तामाङ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विन्दा श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।









