एतिहासिक बाघझाेडा पोखरीको संरक्षणमा जुटे स्थानीयहरु, जनप्रतिनिधिले नै सहयाेग नगरेकाे आराेप

  • ४ भाद्र २०७५, सोमबार

केशु विरही, सुन्दरहरैचा, माेरङ/ पर्यटकीय स्थलहरुकाे संरक्षण र संवर्धनमा कुनै कमी हुन नदिने राज्यकाे नीति भएकाे वताईरहँदा सुन्दरहरैचामा रहेकाे, ऐतिहासिक र पुराताात्त्विक  महत्वकाे बाघझाेडा पाेखरी भने लामाे समयदेखि संरक्षण र संवर्धनकाे अभावमा छ ।

पाेखरी पूर्व पश्चिम राजमार्गबाट करिव २ किलाे मिटर उत्तरमा पर्छ । त्यसाे त कालाेपत्रे बाटाे भएरै याे पाेखरीमासम्म पुग्न सकिन्छ । राजमार्गबाट यति नजिकै रहेर, यातायातकाे सहज पहुच भएर पनि याे पाेखरी लामाे समयदेखि ओझेलमा पर्दै आएकाे हो ।

कतैबाट पनि सहयाेग नआएकाे भन्दै केहिदिनदेखि स्थानीयहरुकाे सहयाेगमा पाेखरीकाे सरसफाईमा लागिरहेकाे पूर्व सांसद चन्द्रबहादुर गुरुङ वताउँछन ।

बागझाेडा सिमसार संरक्षण समितिका अध्यक्ष समेत रहेका गुरुङ नगरपालिकाले कुनै सहयाेग नगरेकाे वताउँछन् । उनी जनप्रतिनिधिहरु आफैले वुझेर यस्ता क्षेत्रकाे संरक्षणमा वजेट छुट्याउनु पर्नेमा देखेर पनि नदेखे झैँ गरिरहेकाे आराेप लगाउँछन् ।

आन्तरिक पर्यटनलाई वढाउँने अभिप्रायका साथ स्थानीयकै पहलमा केही दिन अघिदेखि पाेखरीमा डुङ्गा संचालनमा ल्याईएकाे थियाे । तर पाेखरीमा झार र लेदाेले गर्दा डुङ्गा संचालनमा समस्या आउने देखेर स्थानीयहरु डुङ्गा संचालनलाई राेकेर सरसफाईमा जुटिरहेका छन् ।

सर्वसाधारणकै सुविधाका लागि डुङ्गा संचालनलाई राेकेर पाेखरीकाे सफाई गर्नु परेकाे स्थानीय वताउँछन् ।

उनीहरु स्थानीयपालिकाले पाेखरीकाे संरक्षण तथा संवर्धनमा चासाे दिनुपर्ने वताउँछन् । र स्थानीयपालिकाले सरसफाईमा केही सहयाेग गरिदिई हुने थियाे भन्ने पनि चाहन्छन् ।

अहिले त्यहाँ दैनिक रुपमा ३०-३५ जना श्रमिक लगाएर पाेखरी भित्र भएका मटका तथा अन्य झारहरु निकाल्ने काम भैरहेकाे छ । याे काममा स्थानीयकाे ठूलाे याेगदान  दिएका छन्  ।

साथै पाेखरीकाे सरसफाईमा  स्थानीयलाई जलजला क्रसर उद्याेगले नि:शूल्क रुपमा दिएकाे एउटा जेसिवि प्रयाेग भैरहेकाे छ ।

एउटा व्यपारिक प्रयाेजनमा स्थापना भएकाे कम्पनीले पाेखरीकाे संरक्षणमा नि:शूल्क जेसिवि दिइरहँदा नगरभित्र भएका यस्ता क्षेत्रकाे संरक्षण र सम्वर्धनकाे मूख्य जिमेवार रहेकाे स्थानीयपालिका र त्यसका जनप्रतिनिधिहरुले चासाे समेत नदिदा स्थानीयवासीहरु दुखित छन ।

सात विगाहा क्षेत्रफलमा फैलिएकाे याे पाेखरीकाे वरिपरि तारघेरा गरिए पनि संरक्षण हुन नसक्दा ती भत्किएकाे अवस्थामा भेटिन्छन् ।

केही दिन अघि मात्र आन्तरिक पर्टनमा टेवा दिने उद्देश्यका साथ स्थानीयले आफ्नै लगानीमा निर्माण गरेर संचालनमा ल्याएका थिए । त्यही जम्बाे  डुङ्गाले पाेखरी सरसफाईमा ठूलाे सहयाेग पुर्याईरहेकाे छ ।

स्थानीयहरु चाँडाे सफाईकाे काम सकेर डुङ्गा संचालनमा आओस भनेर उनीहरु पनि सरसफाईमा जुटिरहेका छन् ।

आफ्नै गाउँकाे पाेखरीमा डुङ्गा संचालनमा आएपछि स्थानीयहरु पनि खुसी देखिएका छन्  ।  उनीहरु पाेखरीकाे सरसफाई चाँडै सकेर सर्वसाधारणलाई वाेटिङ खुल्ला गर्नु पर्ने वताउँछन् ।

आफ्नै घर अघिकाे पाेखरीमा डुङ्गा संचालनमा अाए पछि स्थानीय डाेमा उराव दङ्ग छन । उनी अब गाउँमा पर्यटक वढ्ने र आफूहरुले राेजगार पाउनेमा ढुक्क छन् ।उनी भन्छन “अब भने काम खाेज्न टाढा जानु नपर्ने भयाे । गाँउमै राेजगार पाईने भयाे ।”

नगरपालिकाले पाेखरीकाे संरक्षणमा चासाे नदिएकाे भन्ने आरोपबारे प्रश्न गर्दा सुन्दरहरैचा नगरपालिका वाड नं १० वाडाध्यक्ष राजेन्द्रबहादुर थापा भने नगरभित्रका पर्यटकीय क्षेत्रकाे संरक्षणमा नगरपालिका लागिरहेकाे र त्यसकाे लागि नगरपालिकाले वजेट समेत छुट्याएकाे वताउँछन ।