खोलामा पुल नहुदा यातायातका साधन चलाउनै मुश्किल 

  • ३१ श्रावण २०७५, बिहीबार

तुलसी राम धमला तेह्रथुम /तेह्रथुम जिल्ला सदरमुकाम म्याङ्लुङ जाेड्ने अाठराई म्याङ्लुङ सडक अन्तगत काेयाखाेला र खा]रुङ्गा खाेलामा पुल नहुदा सवारी सञ्चालनमा समस्या भएको छ।
यी दुई खाेलामा माेटरेवल पुल नहुदा हिउदकाे समयमा खाेला बिचबाट जाेखिम माेलेर सवारी सञ्चालन गरिदै अfएका] भएपनि , बर्षा यामकाे समयमा पानीको बाहाप बढेपछि यातायात सञ्चालनमा समस्या हुने गरेकाे फिदिम अाठराई म्याङ्लुङ ट्याक्सी चालक प्रेम तामाङले बताउनु भयाे ।
यस सडक अन्तरगत खाेलामा पुल नहुदा यातायातका साधन अवरुद्ध हुने गरेका छन ।
अाठराई गाउँपालिका अन्तरगत सक्रान्ति , थाेक्लुङ्ग ,चुहानडाडा, छातेढुङ्गा , इवा , हवाकु,खाम्लालुङ  साथै फेदाप गाउँपालिका अन्तरगत सिम्ले ,जलजले ,ईसिवु ,सम्दु अाेयाक्जुङ् लगायतका ठाउँकाे सडक सम्पर्क टुट्ने गरेकाे छ।
करिब १ दशक यता सडक निर्माण कार्य सुरु गरिएपनि भरपर्दो यातायातकाे सुविधा पाउन नसकेकाे यहाँका नागरिकहरुले गुनासाे गरेका छन ।
राष्ट्रिय गाैरवकाे अायाेजना मध्यपहाडि लाेक मार्ग समेत यसै क्षेत्र हुँदै विस्तार भईरहेकाे छ ।
त्यस्तै अाठराईकाे चुहाँनडाडा मंसारी , थाेक्लुङ्ग काेयाखाेला ,ढाेडेदाेबान ,पाेक्लाबुङ्ग सडक समेत ठेक्का प्रकृयाबाट धमाधम निर्माण कार्य भईरहेकाे छ।
यस सडककाे निर्माण कार्यले तिब्रता पाएपनि खाेलामा पुल नहुदा नागरिकले सहज ढङ्गबाट यातायातकाे सुविधा पाउन सकिरहेका छैनन् ।