मोरङ फोनिजको स्थापना दिवस तथा रजत जयन्तीमा वृक्षारोपण कार्यक्रम 

  • २९ श्रावण २०८१, मंगलवार

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले फोनिजको स्थापना दिवस तथा रजत जयन्तीमा वृक्षारोपण तथा शुभकामना आदनप्रदान गरेको छ ।
संस्थाको रजत जयन्तिको अवसरमा फोनिज मोरङले पथरी शनिश्चरे–१० मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा फलफूल लगायत विभिन्न प्रजातिको विरुवा रोपेको हो ।
फोनिज मोरङका जिल्ला अध्यक्ष दिनेश सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा संगठनको संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राईको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जम्नेली, नेपाल पत्रकार महासंघ मोरङ जिल्लाको कार्यवाहक अध्यक्ष मोहन भट्टराई, फोनिज प्रदेश समितिको सल्लाहकार सदस्य फिपराज बेघा, पशुपति समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुष्पबहादुर शाही र धिमाल जातीय अभियान्ता प्रकाश धिमाल लगायतले शुभकामना दिएका थिए । आयोजक समितिको सचिव अनिल श्रेष्ठद्वारा सञ्चालन भएको कार्यक्रम उपाध्यक्ष अशोक गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
शुभकामना दिने क्रममा राईले आम पत्रकारहरुलाई व्यवसायिक र भौतिक सुरक्षा चुनौती कायम रहेको प्रसंश उल्लेख गर्दै राज्य गम्भीर हुनुपर्ने बताए । अर्को प्रशंगमा राईले राजनीतिक पार्टीहरु विचार, दर्शन, सिद्धान्तलाई तिलान्जली दिएर भ्रष्ट्राचारको दलदलमा फस्दै गएको, पद र पैसाको लागि जे पनि गर्नुपर्ने सन्देस प्रवाह गरिरहेको आरोप लगाउदै जनता सचेत बन्नु पर्ने बताएका छन । राईले प्रदेश नं.१ को नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुन नामकरण गरिए मात्र देशमा शान्ति कायम रहने दाबी गरे ।
शुभकामना आदानप्रदान पछि उपस्थित पत्रकारहरु तथा पशुपति सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष बालकुमार मगर, सचिव, कोषाध्यक्ष, सल्लाहकार लगायतको सहभागितामा वृक्षारोपण गरेका थिए ।
फोनिजको कार्यक्रम पश्चात पथरी शनिश्चरे नगरमा सञ्चार ग्राम स्थापित गर्ने गरी जग्गा व्यवस्थापन गर्न १० नं. वडा अध्यक्ष जीवन खतिवडासँग भेटेर छलफल गरेका छन । इलाइबेरी, समाचार कक्षा, पत्रकार सम्मेलन लगायतको सञ्चार कर्मी र नगरबासीको सहजताको लागि सञ्चार ग्राम स्थापित गर्न पहल गर्न आफ्नो तर्फबाट सहयोग गर्ने वडा अध्यक्ष खतिवडाले प्रतिबद्धता व्यक्त गरेका छन ।

फोनिजको २५ औं स्थापना दिवस संघीय समिति काठमाडौं, युरोप, अमेरिका, नेपालको हरेक प्रदेश र जिल्लाहरुमा विभिन्न कार्यक्रम गरेर मनाइएको प्रमुख अतिथि अर्जुन जम्नेली राईले बताए ।