डेढ करोडभन्दा बढी लगानीमा गुवाबारी डाँडामा बन्यो भ्यु टावर सहितको होटल
- ५ भाद्र २०७५, मंगलवार
प्रशान्त निरौला, लेटाङ मोरङ । पछिल्लो समय पर्यटकीयस्थलका रुपमा परिचित हुदै गएको लेटाङ नगरपालिका ६ स्थित गुवाबारीको डाँडामा करोड लगानीमा भ्यु टावर संचालनमा आएको छ ।
लेटाङ ६ निवासी कृष्ण चेम्जोङको परिवारले डेढ करोडको लागतमा ‘क्रिमिया होटेल एण्ड भ्यु पोईन्ट’ निर्माण गरी सञ्चालनमा ल्याएको हो । भ्यु टावर निर्माण भएसँगै हाल सो क्षेत्र आकर्षणको केन्द्र बनेको छ । १९ रापनी जग्गामा निर्मित ‘क्रिमिया होटेल एण्ड भ्यु पोईन्ट’ संचालनमा ल्याउन १ करोड ५० लाख लगानी गरिएको संचालकले जनाएका छन् ।
चार तले टावरबाट तराइका बिभिन्न स्थानहरुको मनोरम दृष्यसंगै खासगरी गर्मी समयमा शितलता ताप्न सकिने छ । गुवावारीको आर्कषणका रुपमा रहेको भ्य् टावरले लेटाङ नगरपालिका क्षेत्रकै लागि सुनमा सुगन्ध थपेको स्थानीयाबासी बताउछन् ।