सुन्दरहरैंचा नगरपालिकाले संचालन गर्यो शब बाहन, धेरैले लिए नि:शुल्क सुबिधा

  • ७ भाद्र २०७५, बिहीबार

मोरङको सुन्दरहरैंचा नगरपालिकाले शव बोके बापत पैसा नलिने गरी ‘घरदेखि घाटसम्म शव यात्रा वाहन’ कार्यक्रम  संचालन गरेको छ ।

नगरपालिकाले निशुल्क शव बाहनको ब्यबस्था गरेको हो । त्यसका लागि मेयर शिवप्रसाद ढकालको पहलमा २० लाख रुपैयाँ खर्च गरेर नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट को १ झ ५४८ नम्बरको शव वहान खरिद गरेर सेवा दिइरहेको छ ।
शब बाहनमा घरबाट घाटसम्म शव पुुुर्याउने वहान चालकदेखि त्यहाँ काम गर्ने अन्य कर्मचारीलाई तलव भत्ताको व्यवस्था  नगरपालिकाले नै गरेको छ ।नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवनप्रसाद आचार्यले  नगरपालिकाले शव निशुल्क गरेको जानकारी दिदै दुई महिनादेखि संचालन गरिएको सेवा नगरपालिका भित्र लोकप्रिय बन्दै गएको बताए ।  अन्य संघ संस्थाले शव वहानले शवलाई घाट सम्म पु¥याए बापत आठ हजार रुपैयाँसम्म पैसा लिने गरेका छन्  ।

आचार्यले वहानले शव बोक्दाको सबै खर्च नगरपालिकाले नै बेहोर्ने गरेको  बताए । उनले सेवा संचालन भए यता नगर क्षेत्रभित्र मृत्यु भएका ३१ जनाको शवलाई निःशुल्क घाटमा पु¥याइ सकिएको जानकारी दिए ।

मेयर शिवप्रसाद ढकालले स्थानीय तहमा जनप्रतिनिधी आएपछि त्यहाँबाट जनतालाई प्रदान गरिने सेवाको दायरा पनि फराकिलो पार्दै लगिएको बताए । उनले मानिस जिउँदो हुँदा विभिन्न शीर्षकमा लिने गरिएको करको ऋण मृत्यु हुँदा भने निःशुल्क रुपमा शव वहान सेवा प्रदान गर्दै शवलाई घाट सम्म पु¥याएर भए पनि तिर्ने कामको थालनी गरिएको बताए ।