राजकुमार राईको उपचार खर्च सार्वजनिक, दिदी देशमायाका लागि घर वनाईदिने निर्णय

  • ८ भाद्र २०७५, शुक्रबार

बेलबारी, माेरङ/ उपचारकाे क्रममा मृत्यु भएका बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीका राजकुमार राईकाे उपचारका लागि उठेकाे रकम  सार्वजनिक गरेकाे छ ।

अादर्श टाेलविकास संस्था बेलबारीले  पत्रकार सम्मेलन गरेर राजकुमारकाे उपचारका क्रममा उठेकाे खर्चकाे विवरण सार्वजनिक गरेकाे छ ।

पत्रकार सम्मेलनमा दिईएकाे जानकारी राजकुमारकाे उपचारका लागि १ लाख ३० हजार ५ सय १९ रुपैया जम्मा भएकाेमा रु ९९ हजार ९ सय १२ खर्च भएकाे वताएकाे छ ।

टाेलविकास संस्थाका अध्यक्ष रन्जित गुरुङ वचेकाे रकम मृतककी दिदी देशमाया राईकाे उपचारमा खर्च गर्ने वताए । बिहीबार सम्पन्न पत्रकार सम्मेलनमा पूर्व सांसद हर्कमान तामाङ, बेलबारी नगरकार्यपालिकाका सदस्य खिनमाया थापा, वाडा सदस्य कृष्णबहादुर लिम्बू, विभिन्न टाेल विकास संस्थाका प्रतिनिधिहरुकाे पनि उपस्थिती रहेकाे थियाे ।

साथै बिहीबारको टाेलविकास संस्थाकाे वैठकले मृतककी दिदीकाे अावासका लागि घर वनाईदिने निर्णय पनि गरेकाे छ ।