कालोपत्रे हुनेभो बसन्तपुर म्याग्लुङ सडक, दुई अर्ब सात करोड बिनियोजन

  • ९ भाद्र २०७५, शनिबार

तेह्रथुमको बसन्तपुरदेखि म्याग्लुङ मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड कालोपत्रे गर्न सरकारले २ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश नम्बर १ अन्तरगत तेह्रथुम जिल्लाको बसन्तपुर— म्यागलुङ मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड कालोपत्रको लागि बजेट विनियोजन गरेको  अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय गौरबको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बसुन्तपुर—म्याङलुङ खण्ड अन्तर्गत तेह्रथुम जिल्लाको सदरमुकाम र कोशी राजमागी जोड्ने सडकको अवस्था खराब भएकोले आगामी ३ वर्ष भित्रमा २ लेनको कालोपत्रे गर्नको लागि बजेट विनियोजन गरिएको मन्त्रालयद्वारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।