वडाध्यक्षलाइ मेयरको निर्देशन, ‘ सटर तुरुन्त भत्काउनु, नत्र डोजरले भत्काउंछ’

  • ६ असार २०७५, बुधबार

अम्बिका भण्डारी , बेेलबारी  । बेलबारी ३ मा अबस्थित भगवती माध्यमिक बिद्यालयको अगाडि राजमार्ग मिचेर ब्यापारिक सटर बनाएर बिबादित  भएपछि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले निर्माणाधीन सटर तुरुन्त भत्काउन निर्देशन दिएका छन् ।
विद्यालय ब्यबस्थापन समितिका एक दुई पदाधिकारी र कर्मचारीको मिलेमतोमा आफुुखुुुशी राजमार्ग क्षेत्रमा ब्यापारीक सटर बनाएपछि मेयरको यस्तो निर्देशन आएको हो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा  बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतम र प्रधानाध्यापक मानबहादुर खडका सहित केही ब्यक्तिले आफुखुशी पुर्ब पश्चिम सडकको क्षेेेत्राधिकार मिचेर बनाउन थालेको भन्दै केहीदिन देखि स्थानीयबासिन्दाबाट व्यापक बिरोध हुँदै आएको थियोे । साथै ब्यापारीक सटर बनाउनस्कुलका जग्गादाता र स्थानीयबासीलेे   अबरुद्द गरेपछि केही ब्यापारीबाट कोठा भाडा बापत लिइएको पेश्की सहित निर्माणको लागि खर्चिएको झण्डैे १० लाख रुपैयाँ जोखिममा परेको छ ।
बिद्यालयको ब्यबस्थापन समितिका एक दुई जना पदाधिकारी र विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा मनखुशी सडकको ८५ फिटमै ईटा लगाएर सटर निर्माण गरेपछि बिद्यालयका जग्गादाता समेत रहेका राजनीतिज्ञ तथा समाजसेवी प्रतापकुमार थापाको नेतृत्वमा स्थानीयले आइतबार निर्माण कार्य अबरुद्ध गरेका थिए । स्थानीयले अवरोध गरेपछि निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको छ ।
सडक मिचेर सटर निर्माण भएको बारे विभिन्न सञ्चार माध्यममा समाचार आएपछि सो कार्य रोक्न नगरपालिका लगायत सम्बन्धित निकायमा जानकारी गराउँदा पनि  बेवास्ता गर्दै सडककको जग्गामा नाफा कमाउने नियतका साथ निर्माण कार्य नरोकेको भन्दै आईतबार थापा सहित बेलबारीका स्थानीय बासिन्दाले निर्माण कार्य अबरुद्ध गरेका थिए । निर्माण कार्य नरोकिए बनाइएका संरचना भत्काउने उनीहरूले चेतावनी दिएका छन ।

नगरपालिकालेे मौखिक  र लिखित रुपमा सटर भत्काउन भगवती स्कुल र ब्यबस्थापन समिितिलाई  निर्देशन दिइएको र अटेर गरे नगरपालिकाले आफैं  डोजर लगाएर भत्काउने मेयर सुवेदीले संयन्त्रलाई बताए ।