चाँडै नगर शिक्षा कार्यविधि बनाउन माग गर्दै सुन्दरहरैंचाका शिक्षकहरुले नपामा बुझाए ज्ञापन

  • २१ भाद्र २०७५, बिहीबार

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचा नगरपालिका भित्र गठन भएका विभिन्न ६ वटा शिक्षकहरुका सङ्गठनहरुले नगरप्रमुख शिवप्रसाद ढकाललाई विभिन्न विषय समेटेर ज्ञापनपत्र वुझाएका छन् ।

बिहीबार बुझाईएकाे माग पत्रमा नगर शिक्काकार्यबिधि यथाशिघ्र निर्माण गरी पेसागत संगठनलाई सोको प्रति उपलव्ध गराउनु पर्ने, र यसकाे निर्माण नभएसम्म शिक्षा कार्यविधि २०७५ का नामबाट भैरहेका कामहरु तुरुन्त राेक्नु पर्ने, नगरशिक्षा समितिकाे छिटाे निर्माण गर्नु पर्ने, विद्यार्थी संख्याकाे अनुपात अनुसार शिक्षक दरवन्दीकाे व्यवस्था गर्नु पर्ने जस्ता २९ वटा बुँदाहरु समेटिएका छन् ।

साे ज्ञापन वुझाउनेहरुमा नेपाल शिक्षक संगठनका कल्याणप्रसाद सिटाैला, नेपाल शिक्षक संघका मध्यनारायण चाैधरी, नेपाल निजि तथा अावासीय शिक्षक संगठन (प्याब्सन)का मनाेज रेग्मी, एकीकृत अखिल नेपाल शिक्षक गङ्गठनका हिमालचन्द्र लिम्बू, नेपाल विद्यालय कर्मचारी परिषदका अरुणप्रसाद उप्रेती लगायत बालशिक्षाका प्रतिनिधिहरु अादि रहेका छन ।

शिक्षकहरुले वुझाएकाे ज्ञापन पत्र वुझ्दै नगरप्रमुख शिवप्रसाद ढकालले अाफू शिक्षकहरुका प्रतिनिधिहरुका मागहरुप्रति सकारात्मक रहेकाे, केही मागहरु तुरुन्त पूरा गर्न सकिने र वाँकी मागहरुका वारेमा बसेर झलफल गर्न सकिने वताएकाे मनग पत्र बुझाउन गएका नेपाल शिक्षक महासँघ सुन्दरहरैचाका अध्यक्ष बलराम पाेखरेलले वताउँछन् ।

सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहेका पाेखरेलले दिएकाे जानकारी अनुसार अाफूहरुले वुझाएकाे मागपत्र सुने पछि नगर प्रमुख ढकालले बसेर झलफल गर्न अाग्रह गरे पनि अाफूहरु मागपत्र दिन अाएकाेले झलफलका लागि नगरपालिकाले अाधिकारिक रुपमा वाेलाउनु पर्ने उत्तर दिएका थिए ।

मागपत्र वुझाउँदा उपप्रमुख धनमाया ढकाल र नगरपालिकाका शिक्षा विभाग प्रमुख सन्ताेष बरालकाे उपस्थिती रहेकाे थियाे ।