अपाङ्ग र असक्तहरुको लागि उद्योगपति दुलालले दिए २० वटा ह्वील चेयर

  • २३ भाद्र २०७५, शनिबार

पुर्वान्चल ल्युब आयलका सन्चालक उद्योगपति भोलेश्वर दुलालले २० जना अशक्त र अपारहरुका लागि ह्वील चेयर सहयोग गरेका छन् ।
दुलालले लायन्स क्लबका बेलबारी, ईन्द्रपुर, ईटहरी र अर्को एक शाखा मार्फत सो सहयोग गरेका हुन् । ती शाखाले स्थानीय स्तरमा रहेका अपाङ्गहरुको खोजी र पहिचान गरी ह्वील चेयर बितरण गर्नेछन् । दुलाल लायन्स क्लबका जोन चेयर पर्सन हुन् ।
यसैबीच बेलबारी लायन्स क्लबले बेलबारी नगरका बिभिन्न वडाहरुमा रहेका ५ जना अपाङग र अशक्तलाई शुक्रबार हवील चेयर बितरण गरेको छ ।
थोरैलाइ मात्र बोलाएर नेत्रहिन संघको कार्यलयमा गरिएको कार्यक्रममा बेलबारी १ की अञ्जु सार्की, बेलबारी ९ का सुर्यबहादुर बिश्वकर्मा,बेलबारी ९ की स्मृति धिमाल,बेलबारी ११ का होमबहादुर राईलाई ह्वील चेयर बितरण गरिएको हो । बेलबारी ८ का सन्तलाल माझीलाई भने घरमै पुगेर ह्वील चेयर दिइने बेलबारी लायन्सका अध्यक्ष केदार प्रसाईले बताए ।

कार्यक्रममा बेलबारी वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदी,बेलबारी लायन्सका अध्यक्ष केदार प्रसाई, पुर्ब अध्यक्ष हेमन्त सुवेदी, उपाध्यक्ष किशोर कार्की लगायतले हवील चेयर हस्तान्तरण गरेका थिए ।