थाहा छ ? हेलिकप्टर चढ्न नि पाइन्छ नि कोशी हरैचा एक्सपोमा

  • १९ फाल्गुन २०७३, बिहीबार

यहि फागुन २१ देखि २९ गतेसम्म कोसीहरैचा उद्योग बाणिज्य संघको आयोजनामा मोरङ बिराटचोकमा हुने कोशी हरैचा एक्सपोमा हेलिकप्टर सफारी लगायत केहि बिशेष आकर्षणहरु रहने भएका छन् ।
एक्सपोमा घोडा सफारी (घोडचढी), बाल उद्यान सहितको खेलकुद स्पोर्ट्स, चौरी गाइको प्रदर्सनी, लोपोन्मुख राउटे जातिको सहभागीता, भेज र नन भेजका छुट्टाछुट्टै मौलिक खानाका परिकार र नेवारी खानाका परिकार रहने आयोजकले जनाएका छन् ।
कोसीहरैचा उद्योग बाणिज्य संघका महासचिव तथा एक्सपो आयोजक मुल समितिका सचिव सन्तोस वान्तवाले दिनुभएको जानकारी अनुसार हेलिकप्टर सफारी (टुरिङ) एक्सपो अबधिभर रहनेछ । हेलिकप्टर सफारी एक्सपो स्थलबाट इटहरी, धरान, भेडेटार र धनकुटाको राजारानी हुँदै महोत्सवस्थलसम्म हुनेछ ।

एक पटकमा ५ जनाले यात्रा गर्न सक्ने सो हेलि सफारी १५ मिनेटको हुनेछ । त्यसको लागि सिम्रीक एयरसंग सम्झौता भैसकेको वान्तवाले जानकारी दिए । हेलि सफारीको लागि ७ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ । हेलिकप्टर चार्टर्ड गर्दा लाखौं रुपैयाँ लाग्ने भएपनि ७ हजार ५ सय तिरेर यात्रा गर्दा यात्रुलाई सहुलियत हुने आयोजकले दाबी गरेको छ । – अम्बिका भण्डारी