रमिते सामूदायिक वन उपभाेक्ता समूहले सम्पन्न गर्याे अाफ्नाे तेश्राे साधारणसभा

  • ३० भाद्र २०७५, शनिबार

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे रमिते सामूदायिक वन उपभाेक्ता समूहले अाज अाफ्नाे तेश्राे साधारणसभा सम्पन्न गरेकाे छ ।

प्रदेश नं १ का अान्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साे साधारण सभाकाे अाज एक कार्यक्रमविच उद्घाटन गरेका छन् ।

सामूदायिक वनकाे अाफ्नै सभाहलमा सम्पन्न साधारणसभामा प्रदेशसभा सांसद राजकुमार अाेझा, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, जिल्ला वन कार्यलयका प्रमुख डा. विनाेद देवकाेटा, नगरकार्यपालिका सदस्य खिना थापा , प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख रामकुमार राई, वागदेवी सामूदायिक वनका अध्यक्ष फडिन्द्र थापा, सेक्टर वन कार्यालय सलकपुर प्रमुख र ईलाका वन कार्यालय प्रमुख लगायतकाे उपस्थिती रहेकाे थियाे ।

 याेजनाका अभावमा विकास नभएकाे हाे, वजेट नभएर हाेईन :-

साधारणसभालाई उद्घाटन गर्दै अान्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सरकार सिकारु अवस्थामा भएकाेले अहिले सिक्ने नै क्रममा भएकाे वताए । साथै मन्त्री कार्कीले देशकाे विकास वजेटकाे अभावले नभएर याेजना र ईच्छाकाे अभाावले भएकाे पनि वताए ।

प्रदेशसभा सदस्य राजकुमार अाेझाले सामूदायिक वनका केही खराव प्रवृत्ति भएका व्यक्तिका कारण राम्राे काम गर्ने माथि पनि अाक्षेप लाग्ने गरेकाे तर सबैलाए एउटै तराजुमा राखेर हेर्न नहुने वताए ।

नगरपालिकाले भ्यू टावर निर्माणमा पूर्ण सहयाेग गर्ने  :-

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जिल्लाकै उत्कृष्ठ सामूदायिक वनकाे रुपमा छनाेट भएकाेमा शुभकामना दिदै नगरपालिका रमितेकाे पर्यटकीय क्षेत्रकाे विकासमा कटिवद्ध रहेकाे प्रतिवद्धता जाहेर गरे ।

रमितेकाे भ्यू टावर निर्माणमा नगरपालिकाले वास्ता नगरणदा याेजना पछि सर्याे भन्ने जनमानसमा अाशंका भईरहेकाे वेलामा मेयर सुवेदीले साे परतिवद्धता गरेका हुन् ।

साे अवसरमा वागदेवी सामूदायिक वनका अध्यक्ष फणिन्द्र थापा र रमिते सावउसका सल्लाहकार एवम् कविर माविका प्रअ दुर्गा गाैतम द्वयले सामाजिक विकास शीर्षककाे रकमकाे खर्च हुनु पर्ने कुरामा जाेड दिएका थिए ।

साथै नेपाली काङ्ग्रेसका तर्फबाट राजेश खत्री र नेकपाका तर्फबाट ईरन राईले शुभकामना दिएका थिए ।

उपभाेक्ता समूहका अध्यक्ष प्रेमबहादुर राईले अा. व. २०७५/७५काे वार्षिक प्रगति विवरण प्रतिवेदन प्रस्तुत गरेका थिए भने अार्थिक प्रतिवेदन काेषाध्यक्ष नरहरि भण्डारी र लेखा तथा सुपरिवेक्षण प्रतिवेदन संयाेजक खगेन्द्रप्रसाद अाेझाले प्रस्तुत गरेका थिए ।

सामूदायिक वनका अध्यक्ष प्रेमबहादुर राईकाे अध्यक्षतामा संचालन भएकाे साे कार्यक्रमकाे संचालन सदस्य राजु परियारले गरेका थिए ।