बेलबारी जेसिजद्वारा नेतृत्व बिकास तालिम कार्यक्रम सम्पन्न

  • ४ आश्विन २०७५, बिहीबार

बेलबारी जेसिजको आयोजनामा जारी जेसिज सप्ताहको तेस्रो कार्यक्रम अन्तरगत नेतृत्व बिकास तालिम कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक राजा बाबु साहले सहजीकरण गरेको प्रशिक्षणमा ७० जना युवा युवती तथा अन्य सहभागी थिए । मोरङको बेलबारी २ स्थित शिक्षा सन्देश स्कुलमा बुधबार सांझ रात्रीभोज सहितको तालिममा बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतम र वडा सदस्य खिना गौतम पनि अतिथिका रूपमा उपस्थित थिए ।

दिपेन्द्र खुलालले सञ्चालन गरेको कार्यक्रममा बेलबारी जेसिजका संस्थापक अध्यक्ष माधबराज थापाले जेसिज सप्ताह र नेतृत्व बिकास तालिम कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रमको अध्यक्षता बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाइले गरेका थिए ।

बेलबारी जेसिजले भाद्र २४ देखि जेसिज सप्ताह शुरु गरेको थियोे । कार्यक्रम अन्तरगत राजमार्गका १६ ठाउँमा जेब्रा क्रसिङ निर्माण गरिसकेको अध्यक्ष प्रसांप्रसाइंले बताए । जेसिज सप्ताह अन्तरगत असोज ६ गते बेलबारी नगरपालिका र जेसिजबिच मैत्रीपुर्ण फुटबल, ९ गते बेलबारी ४ मा अबस्थित श्रीजंगा आधारभूत विद्यालयमा अध्ययनरत सबैजना अर्थात ३६ जनालाई र अर्को एक स्कुलका गरी ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री र लत्ताकपडा बितरण र १० गते मावि तहमा अध्ययनरत विद्यार्थीलाई उत्प्रेरणा तालिम दिइने जेसिजले जनाएको छ ।