जेष्ठ नागरिकहरुलाइ सम्मान गर्दै ३१ औं जन्मदिन मनाए बेलबारीका युवा डा. प्रवास थापाले

  • ६ आश्विन २०७५, शनिबार

जन्मदिनलाई तडकभडक गर्दै र भड्किलो बनाउंदै मनाउने संस्कार बिकशित भइरहेको बेला मोरङ बेलबारी एक युवाले आफ्नो  जन्मदिन बेलबारीका जेष्ठ नागरिकहरुलाइ सम्मान गरेर मनाएका छन् । बेलबारी ३ निवासी डा. प्रवास थापाले आफ्नो ३१ औं जन्मदिनको अबसरमा बेलबारी १ स्थित जेष्ठ नागरिक मन्चमा गएर त्यहाँ रहेका करिब ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

उनले जेष्ठ  नागरिकहरूलाइ दोसल्ला ओढाएर सम्मान गरेका थिए भने शनिबार जन्मदिनको अबसरमा फलफूल बितरण गरेका थिए । एक नातीले जन्मदिनको  अबसरमा आफुहरुलाइ सम्मानित गरेकोमा बृद्दबृद्दाहरु निकै खुसी देखिन्थे ।

केहि समयसमयअघि एमबिबिएसको  पढाई सकेर डाक्टर बनेका प्रवास थापा नेकपाका नेता तथा समाजसेवी प्रताप थापाका छोरा हुन् ।