कुसुमे फुटबल क्लबले जित्यो प्रथम स्मृति नकआउट फुटबलको उपाधि

  • १४ आश्विन २०७५, आईतवार

 बेलबारी, मोरङ । मोरङको बेलबारीमा संपन्न प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि कुसुमे फुटबल क्लब केराबारीले हात पारेको छ ।

शनिबार  अर्थात असोज १३ गते भएको फाइनल खेलमा बेतना फुटबल क्लब बेलबारीलाई ० का बिरुद्ध २ गोल गर्दै कुसुमे फुटबल क्लब केराबारीले उपाधि कब्जा गरेको हो ।
उपाधिसँगै कुसुमे फुटबल क्लबले नगद रु ३० हजार ५ सय साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्याे भने दोस्रो भएको बेतना फुटबल क्लब बेलबारीले नगद रु १५ हजार ५ सय साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।

प्रतियोगितामा सगरमाथा युथ क्लब सुन्दरहरैचा, बेतना फुटबल क्लब बेलबारी, बेलबारी फुटबल क्लब बेलबारी, डागीहाट फुटबल क्लब  लक्ष्मीमार्ग सहभागी थिए  । त्यस्तै लेटाङ फुटबल क्लब लेटाङ, नवसोच युवा समुह बेलबारी, कुसुमे फुटबल क्लब केराबारी र आयोजक समेेत गरी ८ टिमको  सहभागिता थियो ।

स्मृति फुटबल युवा समुह बेलबारी–४ को आयोजना र ईमानसिंह फुटबल क्लबको सह-आयोजनामा  बेलबारी –३ स्थित बेलबारी रंगशालामा असोज ६ गते प्रतियोगिता सुरु भएको थियो ।

प्रतियोगिताका लागि नोबेल मेडिकल कलेज बिराटनगरले मुख्य प्रायोजन गरेको थियो । शनिबार नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा पनि अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमलाई  स्वर्गीय सयुना तामाङको स्मृतिमा उनका परिवारले प्रायोजन गरेका थिए  । त्यस्तै डेल्टा स्कुल बेलबारीले प्रतियोगिताको सहप्रायोजन गरेको थियो  । बेलबारी नगरपालिका, पाराङ्हा कोरियन भाषा केन्द्र र बेलबारी नोबेल अस्पताल लगायत आधा दर्जन संघ संस्था सहयोगी संस्थाका रूपमा थिए  ।

प्रतियोगितामा संयन्त्र डटकम, ब्लाष्ट टाइम्स, कोशीनेपाल टीभी, रेडियो बेतना, बेतना दैनिक लगायत अफिसियल मिडिया थिए ।

प्रतियोगिताबाट बचेको रकमले बेलबारी नगरभित्रका सामुदायिक बिद्यालयकमा अध्ययनरत बिद्यार्थीहरुलाई पठनपाठनमा सहयोग गर्ने मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ ।