कारबाही भएन बेलचौरीको पुल ठेक्का लिएर पाँच बर्षसम्म काम नगर्ने ठेकेदारलाई

  • १९ आश्विन २०७५, शुक्रबार

करिब पाँचवर्ष अगाडि निर्माण कार्य शुरु गरेेेर पुलका ठेकेदार सम्पर्क विहीन भएपछि मोरङको केराबारी गाउँपालिका वडा नं. ९ स्थित तुर्के खोलामा निर्माणाधीन पुल बेवारिसे अबस्थामा पुुुगेको छ  ।

त्यसलाई पुरा गर्न गाउँमा धेरै आश्वासनहरु राजनैतिक दलहरुबाट आए । स्थानीय तहको निर्वाचनमा त्यही पुललाई देखाएर भोट नेताहरुले मागे । अनि प्रदेश र संघको चुनावमा पनि त्यही पुल बनाईदिने भन्दै गाउँलेहरुलाई भोट मागे । तर अहिले तुर्केखोलाको पुल जस्ताको तस्तै छ । लथालिङ्ग अवस्थामा रहेको भालुगौंडे र बेलचौरी जोड्ने तुर्के खोलाको पुलको निर्माण कार्य अझै सुचारु हुन सकेको छैन ।
आर्थिक बर्ष २०७१/७२ मा पुल निर्माणको लागि केन्द्रिय योजनाबाट निलगिरी कम्पनीले ३ करोढ ६० लाखमा ठेक्का परेको थियो । तीन वर्ष भित्रमा योजना सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता  थियो । तर योजनाको काम शुरु गरेर पुरा नगरी ठेकेदार वेपत्ता भएपछि पुल निर्माण कार्य लथालिङ्ग अवस्थामा छ ।

गृहमन्त्री रामबहादुर थापाले योजनाहरु अलपत्र छाडेर भाग्ने ठेकेदारलाई थुन्ने घोषणा गरेपछि ठेकेदारहरुले केहि ठाडो कान लगाएपनि अहिले भने उनीहरुलाई कुनै चासो देखिएका छैनन् ।

पुल नहुंदा वर्षातको समयमा केराबारी ९ का भलुवा, खयरघरी र घंघरुवासीले निकै पिडा भोेग्दै आएका छन् । केही महिनाअघि  पुलका ठेकेदार युवराज डाँगीले असोजदेखि काम थालनी गर्ने जनाएका थिए । तर अहिले सम्म ठेकेदारले काम गर्ने छनक देखाएका छैनन् ।
तीनवटा आधा पीलर खडा गरेर ठेकेदार नै वेपत्ता भएपछि निर्माण कार्य अधुरो छ । योजना अलपत्र भएपछि स्थानीय वासिन्दाहरु ठेकेदारप्रति रुष्ट भएका छन् । पुल निर्माणका लागि स्थानीय स्तरमा सुरेन्द्र गुरुङको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको भएता पनि ठेकेदार बेपत्ता भएपछि समिति पनि योजनाका बारेमा बेखबर छ  । गत जेष्ठ महिनामा ठेकेदारले कामदारहरुलाई पठाएर काम गरेजस्तो गरे । तर निर्माण स्थलमा ल्याएका निर्माण सामाग्रीहरु यत्रतत्र छाडेर कामदार पनि सम्पर्क विहीन भए  ।
पुल निर्माण कार्य सम्पन्न नहुँदा यसको अशर केराबारी ९ को भलुवा,घंघरु,भालुगौंडे लगायतका वासिन्दाहरुले प्रत्यक्ष रुपमा भोग्नु परिरहेको छ । वर्षायाममा तुर्के खोलामा बाढी आउन साथ स्थानीय बासिन्दाहरु आवतजावत गर्न समस्या झेल्दै आउनु परेको छ ।
ठेकेदारले पुल निर्माण गरेको ढिला सुस्तीको विषयमा अब स्थानीय सरकारले जिम्मा लिनुपर्ने आवाज उठ्न थालेको छ । कि त ठेकदारलाई कारवाही गर्नु प¥यो , कि त काम लगाउनु पर्ने  स्थानीय वासिन्दा बताउँछन् । यस विषयमा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले यो पुलको काम शुरु नगर्ने ठेकेदारलाई कारवाहीको लागि प्रक्रिया अगाडि बढाउने बताएपनि कारवाही प्रक्रिया भने अगाडि बढेेको छैैन । –  भक्तशेर लिम्बु (ब्लाष्ट टाइम्स)