रात्रीकालिन क्रिकेटमा इनरुवालाई ६ विकेटले पराजित गर्दै बेलबारी बिजयी

  • २१ आश्विन २०७५, आईतवार

सुनसरी । प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा मोरङको बेलबारी क्रिकेट क्लब बिजयी भएको छ ।
बेलबारीले आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई ६ बिकेटले पराजित गरेको हो । टस जितेर बेलबारीले फिल्डिङ गर्ने निर्णय गरेपछि आयोजक फुलबारी क्रिकेट क्लब इनरुवा ब्याटिङमा उत्रिएको थियो ।

फुलबारीले निर्धा्रित २० ओभर खेल्दै १ सय ४१ रनको बिजयी लक्ष पेस गरेको थियो । फुलबारीका लागि गौतम शर्माले ५० रन बनाएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको बेलबारीले १९ दशमलब ४ ओभर खेल्दै लक्ष भेटाएको थियो । म्यान अफ दि म्याच सरोज बस्नेतकोको २६ रन सहित १ बिकेटको मद्दतमा बेलबारीले ६ बिकेटको जित दर्ता गरेको छ ।

मुलुकमै पहिलो मानिएको रात्रिकालीन टि २० क्रिकेट इनरुवामा गयरातीबाट सुरु भएको हो । इनरुवा नगरपालिका मूख्य प्रायोजक रहेको प्रथम रात्रिकालीन मेयर कप टि २० क्रिकेट प्रतियोगिता भब्य रुपमा सुभारम्भ गरिएको छ । इनरुवा नगर प्रमुख राजन मेहता, कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखका साथै वडाध्यक्षहरुले एकसाथ प्रतियोगिताको उद्घाटन गरेका थिए ।
यसअघि मुलुकका केही प्रमुख शहरहरुमा टेलिस बलबाट रात्रिकालीन क्रिकेट खेलाइएको भएपनि टेनिस बलबाट खेलिएको क्रिकेटलाई आधिकारीक नमानिने हुँदा ड्युज बलबाट सुनसरीको इनरुवामा खेलाइएको टि २० प्रतियोगिता नेपालकै लागि पहिलो भएको आयोजकको दाबी छ । प्रतियोगितामा काठमाण्डौं, धनगढी, बिराटनगर, झापा, सप्तरी र नेपाल प्रहरी सहित दश टिमको सहभागिता रहेको छ ।