रोगब्यादी र मानसिक पीडा खप्न नसकी पुर्व सांसद कर्ण धिमालले गरे आत्महत्या

शरीर दान गरेकोले लाश हस्पिटललाई बुझाइने

  • २७ आश्विन २०७५, शनिबार

बेलबारी, माेरङ/ रोग र अन्य मानसिक पीडा खप्न नसकेर माेरङ जिल्लाका एकजना पूर्व सांसदले अात्महत्या गरेका छन् ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती निवासी पूर्व सांसद कर्णबहादुर धिमाल अाफ्नै घरकाे वरण्डामा झुण्डिएकाे अवस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षक गाेविन्द खवासले वताए । धिमाल  झुण्डिएकाे देखेपछि राति २ बजेतिर स्थानीयद्वारा प्रहरीलाई खवर गरिएकाे थियाे ।

२०३८ सालमा भएको राष्ट्रिय पन्चायत सदस्यकाे निर्वाचनमा माेरङकाे प्रतिनिधित्व गर्दै सांसद बनेका उनी धिमाल समुदायका अग्रज व्यक्तित्व समेत हुन्  । उनी त्यसबेला चर्चित नेता मातृकाप्रसाद कोईरालालाई निर्वाचनमा हराएर सांसद बनेका थिए । त्यस्तै तत्कालिन राजा वीरेन्द्रबाट गोर्खा दक्षिण बाहु (दोस्रो) बाट सम्मानित समेत भएका थिए । तत्कालिन सेती अञ्चलका अञ्चलाधिस समेत भएका उनी धिमाल जातिय विकास केन्द्रका संस्थापक अध्यक्ष समेत हुन् । धिमाल विगत केही सालदेखि मुटु, हर्निया अादि राेगबाट पिडित थिए ।

धिमालका श्रीमती तथा एक छाेरा रहेपनि उनीहरु काठमाडौंमा बस्दै आएकोले धिमाल छिमेकीको रेखदेखमा एक्लै लालभित्तिमा रहेको घरमा वस्दै अाएका थिए ।

आफू वस्दै अाएकाे घर पनि छाेराले वैंकमा धराैटी राखेर पैसा लिएर गएपछि उनी विक्ष्प्त रहेकाे स्थानीय वताउँछन् । उनले अघिल्लाे दिन अर्थात शुक्रबार साँँझ छिमेकी राजकुमार कटुवालकी श्रीमतीसँग अब अाफू चाँडै जाने वताएका थिए । नभन्दै उनी भाेलिपल्ट झुण्डिएकाे अवस्थामा फेला परेका छन्  ।

मृत्यु पर्यन्त शरीर दान गरेका धिमालकाे शरीर पाेष्टमाटमकाे लागि घाेपा पठाईएकाे इलाका प्रहरी कार्यालय बेलबारीले जनाएकाे छ । शरीर दान गरेको हुनाले उनको शरीर हस्पिटलमा बुझाइने र अन्त्येष्टि गर्नु नपर्ने समाजसेवी प्रताप थापाले बताउनुभयो ।

मृतकका छाेरा अभिमन्यु धिमाल काठमाण्डौंबाट आइपुगेपछि मृतकको शरिरलाइ बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिने बताइएको छ । – केशु बिरही