सहारा वालग्रामको अस्थित्वलाई मेटेर नाफामूलक बनाउने खेेल शुरु

  • २७ आश्विन २०७५, शनिबार

बेलबारी, माेरङ/ विगत २ दशकअघि स्थापना भएर केही बर्षयता संरक्षणकाे अभावमा  दुर्ब्यसनीहरुको  अखडा र भुत बंगला बन्दै गएको  मोरङ बेलबारी २ लालभित्तिमा अबस्थित  गैर नाफामुलक सामाजिक संस्था सहारा वालग्रामको अस्थित्वलाई समाप्त गरी  नाफामूलक बनाउने खेेल शुरु भएको छ । 

लालभित्तिमा सहाराकै आयोजना गरेको दशैं २०७५ काे शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा सो कुराको खुलासा भएको हो । भावी याेजनाका वारेमा जानकारी दिने तथा छलफल समेत गर्ने उद्देश्यका साथ आयाेजित कार्यक्रममा सहारालाई बेच्न लागिएको भन्ने हल्लाको पनि खण्डन गरिए पनि जग्गालाई  भाडामा दिएर  गार्मेण्ट उद्योग वा कृषि फर्म संचालनको तयारी गरिएको बताइयो । कार्यक्रममा सहाराको समितिमा नभएका  ब्यापारीहरुको पनि सक्रियता थियो । जबकि सहारा गैर नाफामुलक सामाजिक संस्था हो । यसलाइ नाफामुलक बनाउन  पाइन्न ।

बेलबारी नगरपालिका वार्ड नं २ मा भएकाे कार्यक्रममा पूर्व सांसद हर्कमान तामाङ, सहाराका अध्यक्ष शिवप्रसाद बराल, ब्यापारी तथा नेता प्रताप थापा, बेलबारी

३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदी, वार्ड नं १ का चक्रबहादुर खुलाल, बेलबारी साना सहरी खानेपानी आयाेजनाका अध्यक्ष महेन्द्र सुवेदी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि पनि उपस्थित  थिए । साे कार्यक्रममा बेलबारी नगरपालिकाका उद्योगी, व्यापारी, नागरिक अगुवा पनि सहभागी  थिए ।

पूर्व सांसद एवम् साहाराका संस्थापक हर्कमान तामाङले साहाराकाे ईतिहास वताउंदै आर्थिक अभावमा सहारा थलिएकाे वताए । उनले  सहारा स्थापनादेखि विभिन्न कालखण्डमा गरेका संघर्षको नालीबेली सुनाए, अनि सहारा बन्द भएपछि आफैंले एक बर्ष लगाएर ऋण तिरेको दाबी गरे  । तर सुनियोजित रूपमा सहारा बिक्री भएको हल्ला चलाइंदा आफुलाइ ठुलो पीडा भएको उनले बताए । उनले यसकाे विकासमा सबैले जुट्न समेत आग्रह गरे ।

ब्यबशायी तथा नेता प्रताप थापाले सहारा वालग्राम भएको क्षेत्र लोहोन्द्रा खोला बाढीको उच्च जोखिममा रहेको र त्यसको संरक्षणका लागि बेलबारीका अगुवाहरुको ध्यान नगएको बताए ।

सहारामा गार्मेण्ट उद्योग वा कृषि फर्म संचालनको तयारी

जिर्ण भएका भवनहरुको ब्यबस्थापन गर्न तथा सहारामा बस्नेहरुलाई सहज जिबिकोपार्जनका लागि उद्योग वा कृषि फर्म संचालन गर्ने तयारी शुरु गरिएको छ  ।

अब केहि महिना भित्रमै सहाराको जग्गा भाडामा दिएर कुनै उद्योग सञ्चालन गर्नेबारे केहि उद्योगी र ब्यबशायीसंग छलफल भइरहेको सहारा ब्यबस्थापन समिति अध्यक्ष शिव बरालले बताए  । तर सहारालाइ बेच्ने वा स्वामित्व हस्तान्तरण गर्ने कुरा अफवाह मात्र भएको उनले दाबी गरे  ।

केहि भवनहरु भतकाउनु पर्ने अबस्थामा रहेको बताउँदै अध्यक्ष बरालले भने “केहि संरचनालाइ संरक्षण गर्दै  गाभेन्ट उद्योग,कृषि, पशु सम्बन्धी उद्योग वा अन्य केहि साना ब्यबसायिक काम गर्न लागिएको छ ।” हाल सहाराको भवनमा बस्ने नेत्रहिन वालवालिकाहरुका लागि कबिर बिद्यालय नजिकै भवन बनाउने योजना रहेको  अध्यक्ष बरालले बताए ।

कार्यक्रममा बोल्दै ब्यापारी प्रताप थापाले पनि सहाराको जग्गामा  गार्मेण्ट उद्योग वा ब्यबशायिक कृषि परियोजना संचालन गर्ने पहल भइरहेको बताए । आयोजक झैं प्रस्तुत भएका थापाले सहारा वालग्राममा बसेका नेत्रहीनहरुलाइ बस्ने छुट्टै भवन बनाउन पहल भइरहेको र सहारा भएको स्थानमा केही बर्षको लागि भाडामा व्यावसायिक उद्योग सञ्चालन गर्नेबारे छलफल भइरहेको बताए ।