प्रवासबाट फर्केका जनशक्तिसँग सहकार्य गर्न तत्पर देखिए प्रदेश तथा स्थानीय सरकार

प्रबासबाट फर्केका जनशक्ति र प्रदेश तथा स्थानीय सरकारसहितको सेमीनार सम्पन्न

  • २९ आश्विन २०७५, सोमबार

सरोज बास्तोला, ईटहरी/ प्रवासमा रहेर सिकेकाे सीप, श्रम र पुँजीलाई अाफ्नै माटाेमा खर्चेर समृद्ध नेपाल वनाउने अभियानमा सहयाेगी भूमिका निभाउने अभिप्रायका साथ ईटहरीमा  “समृद्धिका लागि प्रवासीहरुकाे सहभागिता : प्रदेश र स्थानीय सरकारकाे भूमिका” विषयक एक दिने सेमिनार सम्पन्न भएकाे छ ।

माेरङ सुनसरी सेवा समाज “माेसु”काे अायाेजनामा ईटहरीकाे वैकट हाेटलमा  एक दिने सेमिनार सम्पन्न भएको हो । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सो सेमीनार उद्घाटन गरेका थिए ।

स्पेसल ईन्टरपिनर्सिप कन्क्लेभ २०१८ नाम दिएकाे साे सेमिनारमा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेशसभा सांसदहरु राजकुमार अाेझा, उपेन्द्र  घिमिरे, कुलप्रसाद साँवा, सुयर्मा राई, उपेन्द्र घिमिरे, कसलप्रसाद साँवा, सर्वध्वज साँवा, शिवनारायण गनगाईँ,  ईटहरी उपमहानगर पालिकाका प्रमुख द्वारिकालाल चाैधरी, उर्लावारी नगरपालिकाका प्रमुख खड्ग फागाे, बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्की लगायतका स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरेले देशमा समृद्धि ल्याउन मानवीय विकासले मात्र संभव नहुने भएकाले त्यसका लागि बुद्धि विवेक, सिप तथा प्रवृधिकाे अधिकतम प्रयाेग गर्नु पर्ने कुरामा जाेड दिएका थिए ।

साथै उनले प्रवासी नेपालीका संघ संस्था माेसुले उठाएका सवालमा सकारात्मक रहेकाेले कार्यान्वयन गर्नमा अाफ्नाे मन्त्रालय तथा प्रदेश सरकार प्रतिवद्ध रहेकाे पनि वताए।

प्रदेशसभा सदस्य राजकुमार अाेझाले राेजगारीकाे हक नेपालकाे संविधानमै माैलिक हकमै राखिएकाेले अब राेजगार दिन नसके राज्यले त्यसकाे क्षतिपुर्ति बापत वेराेजगार भत्ता दिनु पर्ने वताए ।

ईटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गाैतमले वैदेशिक राेजगारले निम्त्याएकाे समस्याकाे वारेमा चर्चा गर्दै त्यसकाे सामाधानकाे वारेमा वेलैमा साेच्नु पर्ने अन्यथा एकदिन यसले भयावह रुप लिनेतर्फ पनि साेच्नु पर्ने कुरामा जाेड दिईन्।

साे सेमिनारमा केराबारी गाउँपालिकाका प्रमुख राेहित कार्की,
उर्लाबरी नगरपालिका प्रमुख खड्ग फागाे लगायतका स्थानीय सरकारका प्रतिनिधिहरुले शुभकामना दिदै माेसुकाे अभियानमा अा-अाफ्ना पालिकाले पूर्ण सहयाेग पुर्याउने वचनवद्धता समेत व्यक्त गरेका थिए ।

साे अवसरमा माेसु कतारका पूर्व अध्यक्ष एवम् माेसु विस्वव्यापिकरणका संयाेजक विनाेद भट्टराईकाे “माेसु अभियान : उपलव्धि र संभावना, पूर्व प्रवासी नेपाली संजालका महासचिव लक्ष्मी प्रसाद अाचार्यकाे “विदेशबाट फर्किएका नेपालीहरुकाे चुनाैति र सम्भावना” , माेसु कतार सल्लाकार कुमार कार्कीकाे ” रेमिट्यान्स सदुपयाेग र उध्यमशीलता गैर अावासीय नेपाली संघकाे भूमिका” विषयक विभिन्न कार्यपत्रहरु प्रस्तुत भएका थिए ।

माेरङ सुनसरी सेवा समाजका पूर्व अध्यक्ष एवम् सल्लाहकार गाेकुल बहादुर थापाले कार्यक्रमकाे अाैचित्यकाे वारेमा जानकारी गराएका थिए भने कार्यक्रममा माेसुका अध्यक्ष रामनाथ भण्डारी अध्यक्षता रहेकाे थियाे ।