जहाँतहीं सुर्ती चुरोट सल्काउन पाइन्न है अब बेतना सिमसारमा गएर

  • ८ कार्तिक २०७५, बिहीबार

मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रभित्र चुरोट सेवन गर्न रोक लगाइएको छ ।

पिकनिक स्थल बाहेक जनावर भएको क्षेत्र र पोखरीको आसपास धूमपान गर्न रोक लगाइएको हो । सिमसार क्षेत्रका जीवजन्तुहरूलाई असर पर्ने तथा अन्य खतरा टार्न केही ठाउँमा धूमपान निषेध गरिएको बेेेतना सिमसार सामुदायिक वनले जनाएको छ ।

पिकनिक स्पटका रूपमा परिचित सिमसार क्षेत्रमा जनावर भएको क्षेत्र तथा पोखरी आसपासका क्षेत्रमा धूमपान गर्न नदिने बेतना सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष डम्बर बस्नेतले बताए ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बेतना सिमसार क्षेत्र १ सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ मोरङ, झापा, सुनसरी भारत तथा भुटान लगायतका स्थानबाट दैनिक ५ सय भन्दा बढी पर्यटक आउने गरेका छन्

बेतना सिमसार क्षेत्र कछुवाको प्रजनन क्षेत्रका रूपमा परिचित छ । बेतना सिमसारमा कमिलाको प्रतीक, काठे पुल, अजिङ्गर, बाँदर, कालिज, बकुल्ला हरिण, बँदेल, खरायोलगायतका पशुपंक्षी  छन् ।